अमेरिका रहेका अधिकारीले गरे भीरकोटको कोभिड राहत कोषमा नगद सहयोग

चुत्र महत/भीरकोट :
कोरोना भाइरस कोभिड १९ र दैविक प्रकोपका कारण प्रभावित भीरकोट वासीहरुको लागि राहत पुर्याउने उद्येश्यले विभिन्न संघसस्था तथा व्यक्तिहरुले राहत रकम दिने क्रम जारी रहेको छ ।
कोषमा जम्मा हुने गरी भीरकोट नगरपालिका वडा नं. ५ स्थायी ठेगाना भई हाल अमेरिका रहनुभएका कृष्ण प्रसाद अर्याला (ठुलो)ले डबल प्रसाद अर्याल मार्फत रु १० हजार प्रदान गुर्न भएको हो ।
राहत रकम बुझ्दै नगर प्रमुख छायाराम खनालले सहयोगको लागि अधिकारीलाई धन्यवाद दिनुभयो ।
नगर पालिकाले ४ वटा निजि विद्यालयमा १ सय जना क्षमताको क्वारेन्टाइन निर्माण गरेको छ त्यस्तै अहिले ४४ जनालाई क्वारेन्टाईनमा रहेको नगरपालिकाले जनाएको छ । नगरपालिकाको समन्वयमा कालिका सामुदायिक अस्पतालमा ६० शैयाको आइसोलेसन निर्माण गरको पालिकाको भनाई छ । जहाँ अहिले पनि १६ जना कोरोना संक्रमित रहेका छन् । कोविड १९ का विरामीलाई आइसोलेसनमा राखी उपचार भइरहेको जानकारी दिदै प्रमुख खनालले निको भएर जाने र नयाँ संक्रमित आउने क्रम कम भएको बताउनु भयो ।
हालसम्म भीरकोट नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा खाद्यान्न र नगद गरी ३७ लाख ४३ हजार ३ सय ४५ रुपैया जम्मा भएको नगरपालिकाले जनाएको छ ।
समाचार
थप सामाग्री-
प्रथम पिङ्क सिटि महोत्सव : भलिबलको सेमिफाइनल समिकरण पूरा
-
दमक र वालिङ उद्योग वाणिज्य संघले वालिङमा मनाए होली मिलन कार्यक्रम
-
सर्जक सम्मान तथा अग्रज स्रष्टाहरूको फोटो प्रदर्शनी कार्यक्रम सम्पन्न ।
-
नवग्रह मन्दिरबाट साढे ७७ लाख बढी भेटी संकलन
-
मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा भण्डारी

स्याङ्जा पत्रकार समाजका अध्यक्ष रिजाललाई पितृ शोक ।
५ दिन अगाडि
वालिङ : स्याङ्जा पत्रकार समाजका केन्द्रीय अध्यक्ष ईन्द्र रिजाललाई पितृ शोक परेको छ । पत्रकार रिजालका बुवा डिल्लीराज रिजालको ८१…