स्वरोजगार बन्नेलाई नगरपालिकाको अनुदान
स्याङ्जा : पुतलीबजार नगरपालिकाले सानो सानो लगानि गरेर स्वरोजगार बन्न चाहानेहरुलाई अनुदान बितरण गरेको छ । केही महिना पहिले नगरपालिकाले संञ्चालन गरेको सिलाइकटाई तालिम र ब्युटीपार्लर तालिममा सहभागी भई पेशा व्यवसाय सुरु गर्न चाहनेलाई नगरपालिकाले ५० हजार अनुदान दिएको हो ।
नगरपालिका प्रमुख सीमाकुमारी क्षत्रीले युवा जनशक्तिलाई नगर भित्रै राख्ने उद्देश्यले यो अभियानको सुरुआत गरिएको बताउनु भयाे । ‘हामी जति सक्दो रोजगारीको सिर्जना गरेर युवा शक्तिलाई विदेश जानबाट रोक्ने अभियानमा छौँ’, उहाँले भन्नुभयाे, ‘सोही अभियानअन्तर्गत पेशा व्यवसाय गरेर स्वरोजगार बन्न चाहाने युवा युवतीहरुलाई अनुदान स्वरुप ५० हजार वितरण गरेका छौँ ।’
पुतलीबजार ३ बाडखोलामा ब्युटीपार्लर सञ्चालन गर्दै आएकी जमुना श्रेष्ठ र आरती बिक दुवै जनालाई ५० हजारका दरले अनुदान स्वरुप चेक हस्तान्तरण गर्दै नगरप्रमुख क्षेत्रीले अर्काको भर नपरि आफ्नै खुट्टामा उभिन आग्रहसमेत गर्नु भयाे । नगरपालिकाका निमित्त प्रशासकीय प्रमुख ताराचन्द्र ढकालले नगरपालिकाले जतिसक्दो पालिका भित्रै रोजगारिको सिर्जना गरेर वेरोजगारिको अत्यका साथै वैदेशिक रोजगारिमा जाने क्रमलाई निरुत्साहित गर्ने योजना रहेको सुनाउनु भयाे । नगरपालिकाले सञ्चालन गरेको ब्युटीपार्लर तालिममा सहभागी भएर हाल बाडखोलामा ब्युटीपार्लर सञ्चालन गर्दै आएकी आरती बिकले नगरपालिकाबाट पाएको सहयोगले काम गर्ने हौसला बढेको बताउनु भयाे ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


