पुतलीबजार नगरपालि किसानलाई अनुदानमा हाते ट्याक्टर
भवानी अधिकारी/स्याङ्जा :
कृषिमा यान्त्रिकरणको उपयोग गर्दे उत्पादन बढाउने उदेश्यले पुतलीबजार नगरपालिकाले अनुदानमा किसानलाई हाते ट्याक्टर (मिनीटिलर) प्रदान गरेको छ ।
नगरका १४ वटा वडा सबैलाई समेटिनेगरीे नगरपालिकाले ८५ प्रतिशत अनुदानमा ट्याक्टर उपलब्ध गराएको हो ।
नगरभित्रका ब्यवसायिक किसानलाई ५० वटा हाते ट्याक्टर प्रदान गरेको नगर प्रमुख सीमा क्षेत्रीले बताईन् । ‘आधुनिक उपकरण र प्रबिधिको उपयोग गर्दे कृषिमा आत्मनिर्भर बनाउने उदेश्यले किसानलाई हाते ट्याक्टर उपलब्ध गराएका हौं ’ उनले भनिन्, ‘गाउँघरमा गोरु पाल्ने चलन कम हुदै गयो, कृषिमा जोड दिई उत्पादन बढाउने हाम्रो प्रयास हो ।’
नगरपालिकाले ५० वटा ट्याक्टर बितरण गरेको हो । उपलब्ध गराइएका ती ट्याक्टरले आफना खेत बारी जोत्न र आवश्यक भएमा छिमेकीलाई समेत सहयोग गर्न दिनेगरी वितरण गरेको नगरपालिकाले जनाएको छ ।
डिजेलबाट चल्ने हाते ट्याक्टर ६ हर्स पावरको भएको जनाइएको छ । नगरपालिकाले प्रति ट्याक्टर ५४ हजार ५ सयमा खरिदगरी किसानका लागि ८ हजार १ सय ७५ रुपैंयामा उपलब्ध गराएको नगरपालिकाका कृषि विकास अधिकृत मनिषा लामिछानेले जानकारी दिईन् । ट्याक्टर पुरुषले मात्र नभई महिलाले पनि चलाउन सक्छन् ।
कृषिमा यान्त्रीकरण गरी उत्पादन बढाउने र लागत घटाउने उद्देश्यले नगरपालिकाले किसानलाई हाते ट्याक्टर प्रदान गरेको निमित्त प्रमुख प्रशासकिय अधिकृत प्रमुख ताराचन्द्र ढकालले बताए ।
समाचार
थप सामाग्री
२०८२ राजनीतिक ‘सुनामी’को वर्ष
२ महिना अगाडि
काठमाडौँ : राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर वर्षको अन्त्यतिर मुलुकको शान्ति, स्थायित्व र समृद्धिका लागि नयाँ…


