पृथ्वीराजमार्गले साउन ८ गतेदेखि यातायात सञ्चालनमा ल्याउने
सार्वजनिक यातायात सञ्चालन सञ्जालमा मुलुककै अग्रणीमध्येको पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी प्रालिले साउन ८ गतेदेखि यातायात सञ्चालनमा ल्याउने भएको छ । झन्डै १ हजार ४ सय व्यवसायी आबद्ध उक्त कम्पनीले आफ्ना व्यवसायीलाई सर्कुलर जारी गरी तयारी अवस्थामा रहन निर्देशन जारी गरेकाे हो ।
सरकारले असार २६ देखि यातायात सञ्चालन गर्न आग्रह गरेपनि व्यवसायीले विभिन्न माग राख्दै सञ्चालन मिति अनिश्चित जस्तै बनाइरहेका थिए तर साउन २ गते सार्वजनिक मौद्रिक नीतिले कोरोना महामारीबाट प्रभावित क्षेत्रलाई सहुलियतमा ऋण, पुनर्कर्जा र कर्जाको समय सार्न सकिने सम्बन्धी व्यवस्था ल्याएपछि व्यवसायी सेवा थाल्न राजी भएका हुन् ।
राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिले व्यवसायीको आवाज सम्बोधन भएको आभास मिलेको कम्पनीका अध्यक्ष योगेन्द्रबहादुर केसीले जानकारी दिए । ‘मौद्रिक नीतिको समर्थन तथा स्वागत गर्दै छिट्टै बैंक तथा वित्तीय संसथाहरुलाई सर्कुलर गरी कार्यान्वयन गर्न निर्देशन दिन सरकारसँग अनुरोध छ,’ उनले भने, ‘लकडाउनको मोडालिटी परिवर्तन गरेअनुसार स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै प्रदेशस्तर हुँदै छोटो तथा लामो दुरीमा सेवा सञ्चालन गर्ने तयारी छ ।’
सवारी साधन र स्टाफहरुलाई चुस्त दुरुस्त अवस्थामा राख्न व्यवसायीलाई सर्कुलर गरिएको अध्यक्ष केसीले बताए ।
लकडाउनका कारण सञ्चालनमा सेवा सञ्चालन नभएपनि बैंक तथा वित्तीय संस्थाले कर्जाका लागि ताकेता गरिरहेको भन्दै कम्पनीले यसअघि २ सय भन्दा बढी सवारीको गाडी विरोध स्वरुप सम्बन्धित संस्थामै बुझाएका थिए ।
मौद्रिक नीतिले कोरोना प्रभावित क्षेत्रलाई ५ प्रतिशतमा सहुलियत कर्जा उपलब्ध गराउने घोषणा गरेको छ । त्यस्तै पुनर्कर्जा र समय तालिकीकरणका लागि बैंक तथा वित्तीय संस्थालाई व्यवस्था मिलाउन निर्देशन दिएको छ । समाधान न्युजडटकम
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


