कोरोना प्रभावितलाई सहयोग गरी हरियाली बनाउने लक्ष्य सहित फलफूलका बिरुवा रोप्न शुरु
वालिङ :
वालिङ नगरपालिका वडा नम्वर ८ र १० मा पर्ने स्वर्गाश्रम तथा ग्रहौंशुर परिसरमा फलफूलका बिरुवा रोप्न शुरु गरिएको छ ।
वालिङ नगरपालिका र युएनडिपी नेपालको साझेदारीमा दियालो संस्थाले बिरुवा लगाउन शुरु गरेको हो ।
युएनडिपी नेपालको “प्लान्टेशन क्याम्याईन टु सपोर्ट ग्रीन रिकोभरी फ्रम द पान्डेमिक्स” कार्यक्रम अन्तर्गत फलफूलका बिरुवा रोप्न शुरु गरिएको हो ।
.

कोभिड १९ प्रभावितका लागि लक्षित गरी शुरु गरिएको कार्यक्रममा कोरोना भाईरसको महामारीबाट रोजागारी गुमाएका तथा कोरोना कै कारण बिदेशबाट फर्किन बाध्य भएकाहरुलाई काममा लगाईने दियालो संस्थाका अध्यक्ष कविता तिवारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कार्यक्रमको लक्ष्य नै महामारीबाट प्रभावितलाई सहयोग गर्दै हरियाली बनाउने रहेको छ ।”उहाँले थप्नु भयो, फलफूल जातका बिरुवा लगाउदा पछि आर्थिक उपार्जन गर्न समेत सहजता पुग्नेछ ।
आजबाट औपचारिक रुपमा शुरु भएको कार्यक्रमको शुभारम्भ वालिङ नगरपालिकाका वडा अध्यक्षहरु अनन्तराज गैह्रे र कमल प्रसाद सुवेदीले संयुक्त रुपमा गर्नु भएको हो ।
.

सो अवसरमा वालिङ उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष अर्जुन प्रसाद खनाल,दियालो संस्थाका अध्यक्ष कविता तिवारी र उपाध्यक्ष बिष्णु सुवेदी, दियालो सुआहाराका कार्यक्रम प्रमुख ओमसुवा गुरुङ लगायतको सहभागिता रहेको थियो ।
कृषि प्राबिधिकको प्रत्यक्ष निर्देशन र सुपरभिजनमा झण्डै ५ हजार बिभिन्न जातका फलफूलका बिरुवा रोपिने दियालो संस्थाले जनाएकाे छ ।
दियालो संस्थाले वालिङ १३ मा समेत अमिलो जातका फलफूल रोपण गरिरहेको छ ।
.

समाचार
थप सामाग्री
२०८२ राजनीतिक ‘सुनामी’को वर्ष
२ महिना अगाडि
काठमाडौँ : राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर वर्षको अन्त्यतिर मुलुकको शान्ति, स्थायित्व र समृद्धिका लागि नयाँ…


