सरकारले दशै दिनमा फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं : नेपाल आयल निगमले दश दिनमै फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर एक रुपैयाँले वृद्धि गरेको हो ।
यसअघि सरकारले असार १६ गते मात्रै पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो । १० दिनकै बीचमा पेट्रोलको मूल्य लिटरमा ६ र डिजेलमा ३ रुपैयाँले बढाइएको हो ।
अब पेट्रोल एक लिटरलाई १०२ रुपैयाँ, डिजेल र मटितेलाई ८८ रुपैयाँ तिर्नुपर्नेछ । हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने यथावत राखिएको निगम प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभएको छ।

Facebook Comments Box
समाचार
थप सामाग्री
मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा भण्डारी
१ हप्ता अगाडि
वालिङ : स्याङजाकोे गल्याङमा रहेको मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन निर्विरोध चयन भएको छ । क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको…