स्याङ्जाका पकेट क्षेत्रका कृषक समूहलाई अनुदान

प्रकाश डोटेल/स्याङ्जा :
भेटेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र स्याङ्जाले पकेट क्षेत्रका कृषक समूहलाई अनुदान दिएको छ । श्रोत केन्द्र पकेट कार्यक्रम अन्र्तगतका कृषक समूहलाई कार्यालयले आर्थिक वर्ष २०७६÷०७७ मा विनियोजन भएको अनुदान दिएको हो ।
जिल्लाका ११ स्थानीय तह मध्ये वालिङलाई बंगुर, चापाकोटलाई बाख्रा, भीरकोट नगरपालिकालाई गाई र अर्जुनचौपारी गाउँपालिकालाई अनुदानमा कुखुराका चल्ला सहित नगद दिएको विज्ञ केन्द्रका प्रमुख ब्रज किशोर ठाकुरले जानकारी दिए ।
पकेट क्षेत्र कार्यक्रमा समाबेश भएको वालिङ् नगरपालिकाका बंगुरपालन कृषक समूहलाई २० वटा बंगुरका पाठापाठी र २ लाख नगद दिएको विज्ञ केन्द्रले जनाएको छ । केन्द्रका अनुसार चापाकोट नगरपालिकाका कृषक समूहलाई बाख्राको खोर सुधारका लागि १ लाख ५० हजार र बोका दिइएको छ ।
त्यैसैगरी पकेट क्षेत्रकै भीरकोट नगरपालिकाका गाईपालन कृषक समूहलाई नश्ल सुधारका लागि २ लाख २५ हजार दिएको विज्ञ केन्द्रका सूचना अधिकारी गोपाल गिरीले जानकारी दिए । उता अर्जुनचौपारी गाउँपालिकाका कुखुरापालन कृषक समूहलाई ५ सय २६ कुखुराका चल्ला र १ लाख ५० हजार नगद अनुदान दिईएको गिरीले बताए ।
केन्द्रले जिल्लाभरबाट छनौट भएका बाख्रा, गाई र भैसीपालन गर्ने कृषकहरुलाई झण्डै २ करोड ५० लाख रुपैयाँ नगद अनुदान दिन लागेको छ । केन्द्रले दिएको जानकारी अनुसार आबेदन दिएर छनौट भएका जिल्लाका कृषकहरुलाई अनुदान दिन लागिएको हो ।
समाचार
थप सामाग्री
मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा भण्डारी
१ हप्ता अगाडि
वालिङ : स्याङजाकोे गल्याङमा रहेको मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन निर्विरोध चयन भएको छ । क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको…