कालीगण्डकी पहिरो अपडेट : थप एक जनाको शव भेटियो
स्याङ्जा :
स्याङ्जाको कालीगण्डकी गाँउपालिका वडा नम्वर ४ खहरेमा गएको पहिरोमा पुरिएका मध्ये थप एक जनाको शव फेला परेको छ । पछिल्लो पटक पहिरोमा भेटिएकाको सनाखत भने हुन बाँकी छ । यस अघि आज बिहान नै एकजनाको शव निकालिएको थियो ।
तत्कालिन बिर्घा गाविसका अध्यक्ष ७० बर्षीय ईमानसिंह रानाको बिहान नै सनाखत भएको हो ।
पहिरोमा अझै दुई जना बेपत्ता छन् ।
आज बिहान पहिरो झरेको थाहा पाए पछि हेर्न गएका राना सहित पाँच जनालाई पहिरोले पुरेको थियो भने एक जना भागेर ज्यान बचाएका थिए । प्रहरीले भने बाटो हिड्ने क्रममा माथिबाट पहिरो आएको जनाएको छ ।
बेपत्ता हुनेहरुमा ६० बर्षीय प्रेम चन्द्र पाण्डे, ६० बर्षीय जिमान्सिंह थापा र ५० बर्षका टिका बहादुर थापा रहेकाछन्
जीबितै उद्धार गरिएका ६८ बर्षीय होमनाथ पाण्डे र ५५ बर्षीय बीरबहादुर रानाको गल्याङमा उपचार भईरहेको छ ।
त्यस्तै सोही खहरे खोलाले धार परिवर्तन गर्दा ४ घर परिवार बिस्थापित भएका प्रहरीले जनाएको छ । स्थानीय बिरबहादुर राना,देव बहादुर थापा,जिमान्सिंह राना र तिलीसरा थापाको परिवार बिस्थापित भएको हो ।
समाचार
थप सामाग्री
सहकारीको ऋण समयमै चुक्ता नगरे कडा कानुनी कारबाही गरिने
१ महिना अगाडि
स्याङ्जा : स्याङ्जाको बिरुवा गाउँपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित सहकारी संस्थाहरूबाट ऋण लिई समयमै सावाँ तथा ब्याज भुक्तानी नगर्ने ऋणीहरूलाई तत्काल…


