स्याङ्जा पहिरो अपडेट : बेपत्ता एक जना अझै भेटिएनन्
स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा मंगलबार आएको पहिरोका कारण मृत्यु हुनेको संख्या तीन पुगेको छ भने एक जना अझै बेपत्ता रहेका छन् ।
कालीगण्डकी गाउँ वडा नं. ४ खहरेमा माथी बाट आएको पहिरोले पुरेको जिल्ला प्रहरी कार्यालय, स्याङ्जा प्रहरी नायव उपरीक्षक प्रवक्ता तथा सूचना अधिकारी राजेन्द्र प्रसाद अधिकरीले जानकारी दिनुभयो ।
बिहान करिब ९स्३० बजे आएको पहिरोका कारण सोही वडाकै बर्ष ६५ का ईमान सिं राना , बर्ष ६० का जीमानसिंह थापा र बर्ष ५० का टिका बहादुर थापाको मृत्यु भएको उहाँले जानकारी दिनुभयो भने सोहि वडाकै बर्ष ६० का प्रेम चन्द्र पाण्डे अहिलेसम्म पनि फेला नपरेको उहाँले बताउनुभयो ।
घटना घटे लगत्तै प्रहरी अधिकृत सहितको टोली उद्धारको लागि जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट प्रहरी उपरीक्षकको कमाण्डमा र वडा प्रहरी कार्यालय वालिङ स्याङ्जाबाट समेत थप प्रहरी टोली खटाइएको थियो भने बेलटारीबाट नेपाली सेनाको टोली र वालिङबाट सशस्त्र प्रहरीको टोली समेत खटाइएको थियो । हाल भने नेपाल प्रहरी र स्थानीयको सहयोगमा दुई वटा डोजर लगाएर माटो फाल्ने काम भैरहेको अधिकारीले जानकारी दिनुभयो ।
समाचार
थप सामाग्री-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
-
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
-
दुर्घटनामा श्रीमानश्रीमती कै मृत्यु : गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ।
-
प्रहरी चौकीको पुरानो ब्यानर हटाएर नयाँ राखियो
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…


