स्याङ्जाका ३६ संक्रमितले जिते कोरोना
भवानी अधिकारी/स्याङ्जा : स्याङ्जामा ३६ जनाले कोरोना जितेर भएर घर फर्किएका छन्। योसंगै कोरोना जितेर घर फर्कनेको संख्या ९९ पुगेको छ।
पछिल्लो समय मंगलबार साँझ १० जना र बुधबार साँझ २६ जनाको पीसीआर रिपोर्ट नेटेटिभ आएको प्रादेशिक कार्यालय स्वास्थ्य निर्देशक डा. बिनोदबिन्दु शर्माले जानकारी दिनुभयाे ।
कोरोना जितेर घर फर्कनेमा गल्याङका १४, लीगण्डकीका ६ र चापाकोटका ६ रहेका छन् । गल्याङ नगर अस्पतालको आइसोलेसनमा रहेका उनीहरु बिहीबार घर फर्केका हुन ।
यसैगरी, मंगलबार वालिङ, आँधीखोला, चापाकोट र कालीगण्डकीका गरेर १० जनाको पीसीआर परीक्षण नेगेटिभ आएको स्वास्थ्य कार्यालय प्रमुख यामप्रसाद शर्माले जानकारी दिनुभयेा।
जिल्लामा अहिलेसम्म कोरोना सक्रमितको संख्या १ सय ८८ पुगेको छ। ती मध्ये २ जनाको निधन भएको छ भने ९९ घर फर्केर बाँकी संक्रमित विभिन्न आइसोलेसनमा छन्।
संक्रमित मध्ये भीरकोटस्थित कालिका सामुदायिक अस्पतालमा ५१ जना, गल्याङ् नगर अस्पतालमा १२, वालिङस्थित कुँवर समाज हलमा १९, पुतलीबजार स्थित करेन्डाँडा स्वास्थ्य चौकीमा १, पोखरामा २ र नवलपरासीमा १ जना आइसोलसनमा रहेका हुन् ।
हालसम्म जिल्लामा २ हजार ३ सय ७१ जनाको पीसीआर टेष्ट गरिएकोमा ६ जना महिलासहित एक सय ८२ पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय स्याङजाले जनाएको छ।
समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
१ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


