स्याङ्जाका ३६ संक्रमितले जिते कोरोना

भवानी अधिकारी/स्याङ्जा : स्याङ्जामा ३६ जनाले कोरोना जितेर भएर घर फर्किएका छन्। योसंगै कोरोना जितेर घर फर्कनेको संख्या ९९ पुगेको छ।
पछिल्लो समय मंगलबार साँझ १० जना र बुधबार साँझ २६ जनाको पीसीआर रिपोर्ट नेटेटिभ आएको प्रादेशिक कार्यालय स्वास्थ्य निर्देशक डा. बिनोदबिन्दु शर्माले जानकारी दिनुभयाे ।
कोरोना जितेर घर फर्कनेमा गल्याङका १४, लीगण्डकीका ६ र चापाकोटका ६ रहेका छन् । गल्याङ नगर अस्पतालको आइसोलेसनमा रहेका उनीहरु बिहीबार घर फर्केका हुन ।
यसैगरी, मंगलबार वालिङ, आँधीखोला, चापाकोट र कालीगण्डकीका गरेर १० जनाको पीसीआर परीक्षण नेगेटिभ आएको स्वास्थ्य कार्यालय प्रमुख यामप्रसाद शर्माले जानकारी दिनुभयेा।
जिल्लामा अहिलेसम्म कोरोना सक्रमितको संख्या १ सय ८८ पुगेको छ। ती मध्ये २ जनाको निधन भएको छ भने ९९ घर फर्केर बाँकी संक्रमित विभिन्न आइसोलेसनमा छन्।
संक्रमित मध्ये भीरकोटस्थित कालिका सामुदायिक अस्पतालमा ५१ जना, गल्याङ् नगर अस्पतालमा १२, वालिङस्थित कुँवर समाज हलमा १९, पुतलीबजार स्थित करेन्डाँडा स्वास्थ्य चौकीमा १, पोखरामा २ र नवलपरासीमा १ जना आइसोलसनमा रहेका हुन् ।
हालसम्म जिल्लामा २ हजार ३ सय ७१ जनाको पीसीआर टेष्ट गरिएकोमा ६ जना महिलासहित एक सय ८२ पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय स्याङजाले जनाएको छ।
समाचार
थप सामाग्री-
प्रथम पिङ्क सिटि महोत्सव : भलिबलको सेमिफाइनल समिकरण पूरा
-
दमक र वालिङ उद्योग वाणिज्य संघले वालिङमा मनाए होली मिलन कार्यक्रम
-
सर्जक सम्मान तथा अग्रज स्रष्टाहरूको फोटो प्रदर्शनी कार्यक्रम सम्पन्न ।
-
नवग्रह मन्दिरबाट साढे ७७ लाख बढी भेटी संकलन
-
मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा भण्डारी

स्याङ्जा पत्रकार समाजका अध्यक्ष रिजाललाई पितृ शोक ।
५ दिन अगाडि
वालिङ : स्याङ्जा पत्रकार समाजका केन्द्रीय अध्यक्ष ईन्द्र रिजाललाई पितृ शोक परेको छ । पत्रकार रिजालका बुवा डिल्लीराज रिजालको ८१…