सामाजिक सुरक्षाभत्ता कटौती नगर्न आग्रह गर्दै भूतपूर्वसैनिक संघद्धारा प्रधानमन्त्रीलाई ज्ञापन

भवानी अधिकारी/स्याङजा :
नेपाल भूतपूर्वसैनिक संघ जिल्ला कार्य समिति स्याङजाले सामाजिक सुरक्षाभत्ता कटौती नगर्न सरकारलाई आग्रह गरेको छ । संघका पदाधिकारी सहितको पूर्वसैनिकहरुको समूहले प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्री मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएका छन् ।
यसैबीच, २०७७ असार १७ को मन्त्रीपरिषद बैठकले सामाजिक सुरक्षाभत्ता वापतको रकम कटोैती गरेको निर्णय सहितको पत्राचार सबैपालिकामा पुगेपछि भारतीय पूर्वसैनिकहरुको समूहले ज्ञापनपत्र मार्फत सरकारको ध्यानाकर्षण गराएका हुन ।
नेपाली कांग्रेसको एक भातृसंगठन नेपाल भूपू सैनिक संघका अध्यक्ष नायबसुब्बा क्षेत्रबहादुर थापाद्धारा हस्ताक्षरित ज्ञापनपत्रमा प्रथम र द्धितिय विश्वयुद्ध लडेर वीर नेपालीको पहिचान दिन सफल हामी नेपालका सन्तानलाई नेपाल सरकारले सम्मान दिन नसक्नु दुख रहेको उल्लेख छ ।
ज्ञापनपत्रमा रोजगारका लागि हामी बिदेशमा गएर आफनो जीविकोपार्जन मात्र नभई नेपालको अर्थतन्त्रमा समेत सहयोग गर्दे आएका पूर्वसैनिकका योगदानलाई मूल्याङकन गरी उनीहरुका लागि सम्मानका खातिर सबै नेपाली सरह पाउने सामाजिक सुरक्षा भत्ता पुनः संचालन गर्न आग्रह गरिएको छ ।
भूपू सैनिक मार्फत भित्रीने रयामिट्यान्सले नेपालको अर्थतन्त्रलाई ठूलो सहयोग पुरयाएको जनाउदै पूर्व सैनिकलाई दोश्रो दर्जाको नागरिक नसम्झन उल्लेख गरिएको छ ।
पुर्व सैनिकद्धरा उपलब्ध गराइएको बिज्ञप्ति बुझ्दै प्रजिअ गंगाबहादुर क्षेत्रीले आफुलाई प्राप्त ज्ञापनपत्र तत्काल गृहमन्त्रालयमा प्रेषित गर्ने जानकारी दिनुभयो ।
समाचार
थप सामाग्री
दमक र वालिङ उद्योग वाणिज्य संघले वालिङमा मनाए होली मिलन कार्यक्रम
१ हप्ता अगाडि
वालिङ : दमक उद्योग वाणिज्य संघबाट संघका अध्यक्ष देवीप्रसाद गुरागाइँ (गोपाल) को नेतृत्वमा चेम्बर अध्ययन अवलोकन भ्रमणका क्रममा वालिङ आएको…