नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले गर्यो घरमै पुगेर मृत्यु दावीको भुक्तानी

आँधीखोला खबर/गल्याङ :
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड शाखा कार्यालय वालिङले बिमकको घरमा नै पुगेर बिमाको मृत्यु दावी भुक्तानी गरेको छ ।
गल्याङ गा.पा. ११ (साविक तुलसी भञ्ज्याङ गा.वि.स–५ ) का स्व. घनश्याम डुम्रेको परिवारलाई मृत्यु दाबी भुक्तानी गरिएको हो ।
स्वर्गीय डुम्रेले नेपाल लाईफ इन्स्योरेन्सबाट १ वर्ष अघि रु १० लाखको को आजिवन जीवन साहारा वीमा गरेको कम्पनीले बताएको छ । दश बर्ष अवधीको बिमा गरेका डुम्रेले एक किस्ता अर्थात १ लाख ३२ हजार ५ सय ८७ मात्र जम्मा गर्नु भए पनि कम्पनीको नियमानुशार उहाँकी श्रीमती बिष्णु डुम्रेलाई रु १० लाख ६५ हजार प्रदान गरिएको शाखा प्रमुख जगन्नाथ ढकालले जानकारी दिनुभयो ।

गल्याङ नगरपालिकाका उप–प्रमुख देवीसरा थापा, गल्याङ न.पा.वडा नं ११ का वडा अध्यक्ष शंकरदेव अधिकारी र गल्याङ न.पा.का नगर प्रमुख का स्वकीय सचिव दिपक अधिकारी,वालिङ शाखा प्रमुखले जगन्नाथ ढकाल र गरिमा बिकास बैकंका शाखा प्रमुख चिरञ्जीवी अर्याल लगायतको उपस्थितीमा बिमाको दावी रकम भुक्तान गरिएको हो ।

कार्यक्रममा नगर उप –प्रमुख थापाले आफ्नो जीवन कालमा समाजलाई राम्रो योगदान पुर्याएका डुम्रेले बिमा गरे कै कारण घरपरिवारलाई समेत ठुलो राहत भएको बताउनु भयो ।
कार्यक्रममा नेपाल लाईफ ईन्स्योरेन्स कम्पनी वालिङका शाखा प्रमुख जगन्नाथ ढकालले
मानिसको जीवनका हरेक पाईलामा जोखीम भएको बताउनु भयो । उहाँले जोखीम तथा परिवारले ब्यहोर्नु पर्ने अपुरणीय मानवीय क्षती लाई पूर्ति गर्न नसकेता पनि आर्थिक सुरक्षाको लागि सहयोग पु¥याउने हुदां प्रत्येक नेपालीले जीवन बीमा गरी सुरक्षीत हुनु पर्ने मा जोड दिनुभयो ।
प्रमुख ढकालले नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बीमा कम्पनि मध्ये सर्वाधिक बोनस दर ६५ देखि ८२ रहेका समेत जानकारी गराउंनु भयो

कार्यक्रमको सञ्चालन मोहन डुम्रेले गर्नु भएको थियो ।

Facebook Comments Box
TOP