यसपालीको नागपञ्चमीमा यस्तो छ संयोग

नागपञ्चमी साउन महिनाको शुक्ल पक्षको पञ्चमीमा मनाउने गरिन्छ । यस दिनमा नागको पुजा गर्ने पुरानो चलन छ । भगवान शिवको गलामा भएको नाग वासुकि हुन् ।
नाग पञ्चमीमा वासुकी नाग, तक्षक नाग र शेषनागको पुजा विधि अनुसार गरिन्छ । यसपटक नागपञ्चमी साउन १० गते शनिबार परेको छ । उत्तरा फाल्गुनी नक्षत्रपछि हस्त नक्षत्र रहनेछ । यस क्रममा मंगल वृश्चिक लग्नमा जाने हुदाँ खास संयोग हुनेछ । यसै दिन कल्कि भगवानको जयन्ती र विनायक चर्तुर्थीको व्रत प्रारम्भ हुनेछ ।
नाग पञ्चमी देवः नागपञ्चमी पुजा र व्रतका ८ देवलाई मानिएको छ । अनन्त, वासुकी, पद्य, महापद्य, तक्षक, कुलीर, कर्कट र शंख नामका अष्ट नागहरुको पुजा गरिन्छ ।
नागपञ्चमीको व्रत गर्नेहरुले चतुर्थीको दिनमा एकपटक भोजन तथा पञ्चमीको दिन उपवास गरेर बेलुका व्रत खोल्नु पर्छ ।
नाग पुजाः पुजा गर्न नागको चित्र वा माटोको सर्पको मुर्ति बनाएर ढोकाको माथी बेसार, चामल र फुल चढाएर नाग देवताको पुजा गरीन्छ । त्यसपछि दुध, घीउ र चीनी मिसाएर नाग देवतालाई अर्पित गर्नुपर्छ । नागलाई आरती उतार्नु पर्छ ।
यदि घरको वरिपरि सर्प आएमा पनि नागको पुजा गर्ने प्रचलन छ । सर्पलाई दक्षिण फर्केर पुजा गरी बिदा गर्नु पर्छ । र अन्त्यमा नाग पञ्चमीको कथा सुन्नुपर्छ । धार्मिक ग्रन्थको सहयोगमा
समाचार
थप सामाग्री-
प्रथम पिङ्क सिटि महोत्सव : भलिबलको सेमिफाइनल समिकरण पूरा
-
दमक र वालिङ उद्योग वाणिज्य संघले वालिङमा मनाए होली मिलन कार्यक्रम
-
सर्जक सम्मान तथा अग्रज स्रष्टाहरूको फोटो प्रदर्शनी कार्यक्रम सम्पन्न ।
-
नवग्रह मन्दिरबाट साढे ७७ लाख बढी भेटी संकलन
-
मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा भण्डारी

स्याङ्जा पत्रकार समाजका अध्यक्ष रिजाललाई पितृ शोक ।
१ हप्ता अगाडि
वालिङ : स्याङ्जा पत्रकार समाजका केन्द्रीय अध्यक्ष ईन्द्र रिजाललाई पितृ शोक परेको छ । पत्रकार रिजालका बुवा डिल्लीराज रिजालको ८१…