मेस्सीले पूरा गरे ७०० गोल
लियोनल मेस्सीले खेल जीवनको ऐतिहासिक आँकडा पूरा गरेका छन् । उनले खेल जीवनको ७०० औँ गोल गरेर नयाँ खुड्किला पार गरेका हुन् ।
स्पेनिस ला लिगा फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा मेस्सीले पेनाल्टी मार्फत गरेको गोल उनको व्यवसायिक खेल जीवनको ७०० औँ गोल बन्यो । उनले अर्जेन्टिना र बार्सिलोनाबाट ७०० गोल गरेका हुन् ।
मेस्सीले बार्सिलोनाका लागि ७२४ खेलमा ६३० गोल गरेका छन् । बाँकी ७० गोल उनले अर्जेन्टिनाका लागि गरेका हुन् ।
५० औँ मिनेटमा मेस्सीले पेनाल्टी मार्फत गोल गरेर व्यक्तिगत रुपमा सात सयौँ गोलको आँकडा पूरा गरे पछि एथ्लेटिको मड्रिडसँगको खेलमा बार्सिलोना २–२ को बराबरीमा रोकियो ।
एथ्लेटिकोका डिएगो कोस्टाले ११ औँ मिनेटमा आत्मघाती गोल गरी बार्सिलोनालाई अग्रता दिलाएका थिए । तर एथ्लेटिकोका लागि १९ र ६२ औँ मिनेटमा पाएको पेनाल्टीमा साउलले गोल गरी खेलमा बराबरी गरेका हुन् ।
बराबरीपछि दोस्रो स्थानको बार्सिलोनाको ३३ खेलबाट ७० तथा तेस्रो स्थानको एथ्लेटिकोको ५९ अंक भएको छ ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


