आजको मौसम : कहाँ–कहाँ कस्तो हुनेछ वर्षा ?
आज (शुक्रबार) पनि देशका विभिन्न स्थानमा हल्कादेखि भारीसम्म वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
त्यसो अहिले देशभर मौसम बदली र केही स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ।
आज दिउँसो दशेभर मौसम सामान्य बदली भई केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ भने प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले गरेकाे छ।
महाशाखाका अनुसार राति वर्षा अझ बढ्नेछ। धेरै स्थानमा हल्कादेखि मध्यमसम्म र गण्डकी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा भारी वर्षा हुने सम्भावना छ।
महाशाखाका अनुसार हाल नेपालभर मनसुनी वायु को प्रभाव छ । साथै मनसुनी न्यून चापीय रेखा नेपालको तराई भूभागदेखि केही दक्षिण तिर अवस्थित छ।
तर यो रेखा आइतबार रातिदेखि नेपाल नजिकै आउने भएकाले त्यसबेलादेखि तनि–चार दिन वर्षाको मात्रा ह्वात्तै बढ्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
समाचार
थप सामाग्री-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
-
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
-
वालिङमा सुरु भयो ‘कृषि एम्बुलेन्स’ सेवा
-
बि.पी. विचार गोष्ठी एवम काव्य उत्सव- २०८३ सम्पन्न
खेम सारुमगर र गोपाल जिटीलाई कञ्चन पत्रकरिता पुरस्कार
३ हप्ता अगाडि
पोखरा : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकीद्वारा सञ्चालित ‘कञ्चन पत्रकारिता पुरस्कार–२०८३’ खेम सारुमगर (कास्की) र गोपाल जिटी (स्याङ्जा)…


