आजको मौसम : कहाँ–कहाँ कस्तो हुनेछ वर्षा ?

आज (शुक्रबार) पनि देशका विभिन्न स्थानमा हल्कादेखि भारीसम्म वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
त्यसो अहिले देशभर मौसम बदली र केही स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ।
आज दिउँसो दशेभर मौसम सामान्य बदली भई केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ भने प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले गरेकाे छ।
महाशाखाका अनुसार राति वर्षा अझ बढ्नेछ। धेरै स्थानमा हल्कादेखि मध्यमसम्म र गण्डकी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा भारी वर्षा हुने सम्भावना छ।
महाशाखाका अनुसार हाल नेपालभर मनसुनी वायु को प्रभाव छ । साथै मनसुनी न्यून चापीय रेखा नेपालको तराई भूभागदेखि केही दक्षिण तिर अवस्थित छ।
तर यो रेखा आइतबार रातिदेखि नेपाल नजिकै आउने भएकाले त्यसबेलादेखि तनि–चार दिन वर्षाको मात्रा ह्वात्तै बढ्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
समाचार
थप सामाग्री
मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा भण्डारी
१ हप्ता अगाडि
वालिङ : स्याङजाकोे गल्याङमा रहेको मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन निर्विरोध चयन भएको छ । क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको…