अबका तीन दिन मनसुन थप सक्रिय हुने
अबको तीन दिन मनसुन थप सक्रिय हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले प्रदेश ५, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका धेरैजसो ठाउँमा पानी परिरहेको छ । दिउँसो यी ठाउँसँगै वाग्मती प्रदेश, प्रदेश १ र प्रदेश २ मा पनि ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो । उहाँकाअनुसार लगातार ठूलो पानी पर्ने सम्भावना भने छैन ।
मेघ गर्जन र चट्याङसहित एकछिन पानी पर्दै एकछिन रोकिने क्रम चल्ने उहाँले बताउनुभयो । राति पनि देशका सबै प्रदेशहरुमा सामान्य बदली रही कर्णाली प्रदेशका थोरै ठाउँहरुमा र बाँकी प्रदेशका धेरै ठाउँहरुमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा भने राति पनि ठूलो पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो ।उज्यालाे अनलाइनबाट
समाचार
थप सामाग्री
एमालेले सबै निर्वाचन क्षेत्रका उम्मेदवार टुङ्ग्यायो यी हुन् एमालेका उम्मेदवार : को- कहाँ ? (सूचीसहित)
५ दिन अगाडि
काठमाडौँ : नेकपा एमालेले देशभरका सबै निर्वाचन क्षेत्रका उम्मेदवारको टुङ्गो लगाएको छ। हिजो बसेको पार्टी सचिवालय बैठकले आगामी निर्वाचनका लागि…


