अबका तीन दिन मनसुन थप सक्रिय हुने

अबको तीन दिन मनसुन थप सक्रिय हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले प्रदेश ५, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका धेरैजसो ठाउँमा पानी परिरहेको छ । दिउँसो यी ठाउँसँगै वाग्मती प्रदेश, प्रदेश १ र प्रदेश २ मा पनि ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो । उहाँकाअनुसार लगातार ठूलो पानी पर्ने सम्भावना भने छैन ।
मेघ गर्जन र चट्याङसहित एकछिन पानी पर्दै एकछिन रोकिने क्रम चल्ने उहाँले बताउनुभयो । राति पनि देशका सबै प्रदेशहरुमा सामान्य बदली रही कर्णाली प्रदेशका थोरै ठाउँहरुमा र बाँकी प्रदेशका धेरै ठाउँहरुमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा भने राति पनि ठूलो पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो ।उज्यालाे अनलाइनबाट
समाचार
थप सामाग्री-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
-
वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
-
गरिमा विकास वैकद्वारा वालिङ क्याम्पसमा वित्तीय साक्षरता कक्षा

हुम कुमारी मल्लको पुण्य तिथिमा सहयोग सामग्री हस्तान्तरण
१ हप्ता अगाडि
स्याङ्जा : समाजसेवी क्या. चित्र बहादुर मल्लले आफ्नी धर्मपत्नी स्व. हुम कुमारी मल्लको ४५ दिनकाे पुण्य तिथिको अवसरमा अपांगता भएका…