लायन्स क्लब अफ गल्याङ सिटिद्वारा वृक्षरोपण
भूपराज बस्याल/स्याङ्जा :
लायन्स क्लब अफ गल्याङ सिटिले गल्याङ नगरपालिका ३ लल्याङमा रहेको राधाकृष्ण मन्दिरको परिसरमा सनिवार वृक्षरोपण गरेको छ ।
हिन्दु धर्मावलम्बीहरु पिपलु जल खानको लागि गाडी भाडा खर्च गरि राम्दी जानुपर्ने बाध्यता रहिआएको हुँदा त्यसको अन्त्यको लागि मन्दिर परिसरमा एक सय आठ पिपलुको वृक्षरोपण गरिएको क्लबका अध्यक्ष अर्जुन बस्यालले जानकारी दिनुभयो । धार्मिक क्षेत्र बिकासको लागि मात्रै नभएर स्वामी, वर लगायत फलफुलका बिरुवा समेत रोपेको बस्यालको भनाइ थियो । बिशेषगरि हिन्दु नारीहरुले सनिवारको दिन पिपलुको जल खाने परम्परा रहिआएको हुँदा त्यस्ता महिलाहरुको सहजताको लागि वृक्षरोपण गरिएको उहाँको भनाइ थियो ।
क्लबका सस्थापक अध्यक्ष श्याम बस्यालको प्रमुख आतिथ्यमा सम्पन्न उक्त वृक्षरोपण कार्यक्रममा पिपल बाहेक वर दुई, स्वामी दुई र लिची र आप समेत रोपिएको छ । सचिव कृष्ण प्रसाद भट्टराईको संचालनमा भएको कार्यक्रममा उपस्थित सबैले वृक्षरोपण गरेका थिए ।
.

समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


