लायन्स क्लब अफ गल्याङ सिटिद्वारा वृक्षरोपण

भूपराज बस्याल/स्याङ्जा :
लायन्स क्लब अफ गल्याङ सिटिले गल्याङ नगरपालिका ३ लल्याङमा रहेको राधाकृष्ण मन्दिरको परिसरमा सनिवार वृक्षरोपण गरेको छ ।
हिन्दु धर्मावलम्बीहरु पिपलु जल खानको लागि गाडी भाडा खर्च गरि राम्दी जानुपर्ने बाध्यता रहिआएको हुँदा त्यसको अन्त्यको लागि मन्दिर परिसरमा एक सय आठ पिपलुको वृक्षरोपण गरिएको क्लबका अध्यक्ष अर्जुन बस्यालले जानकारी दिनुभयो । धार्मिक क्षेत्र बिकासको लागि मात्रै नभएर स्वामी, वर लगायत फलफुलका बिरुवा समेत रोपेको बस्यालको भनाइ थियो । बिशेषगरि हिन्दु नारीहरुले सनिवारको दिन पिपलुको जल खाने परम्परा रहिआएको हुँदा त्यस्ता महिलाहरुको सहजताको लागि वृक्षरोपण गरिएको उहाँको भनाइ थियो ।
क्लबका सस्थापक अध्यक्ष श्याम बस्यालको प्रमुख आतिथ्यमा सम्पन्न उक्त वृक्षरोपण कार्यक्रममा पिपल बाहेक वर दुई, स्वामी दुई र लिची र आप समेत रोपिएको छ । सचिव कृष्ण प्रसाद भट्टराईको संचालनमा भएको कार्यक्रममा उपस्थित सबैले वृक्षरोपण गरेका थिए ।
.

समाचार
थप सामाग्री-
प्रथम पिङ्क सिटि महोत्सव : भलिबलको सेमिफाइनल समिकरण पूरा
-
दमक र वालिङ उद्योग वाणिज्य संघले वालिङमा मनाए होली मिलन कार्यक्रम
-
सर्जक सम्मान तथा अग्रज स्रष्टाहरूको फोटो प्रदर्शनी कार्यक्रम सम्पन्न ।
-
नवग्रह मन्दिरबाट साढे ७७ लाख बढी भेटी संकलन
-
मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा भण्डारी

स्याङ्जा पत्रकार समाजका अध्यक्ष रिजाललाई पितृ शोक ।
१ हप्ता अगाडि
वालिङ : स्याङ्जा पत्रकार समाजका केन्द्रीय अध्यक्ष ईन्द्र रिजाललाई पितृ शोक परेको छ । पत्रकार रिजालका बुवा डिल्लीराज रिजालको ८१…