लियो क्लब अफ वालिङ सिटीद्वारा अमोरमा खाद्यान्न तथा फिल्टर प्रदान

वालिङ:

सामाजिक सेवामा सक्रिय भूमिका निर्वाह गर्दै आएको लियो क्लब अफ वालिङ सिटीले अमोर सेवा केन्द्रलाई खाद्यान्न तथा फिल्टर सहयोग गरेको छ । लियो क्लब अफ वालिङले लायन वर्ष सन् २०२०÷०२१ को पहिलो कार्यक्रम अन्तर्गत फेदीखोला गाउँपालिकामा अवस्थित अमोर सेवा केन्द्रलाई खाद्यान्न तथा पानी फिल्टर गर्ने मेसिन प्रदान गरेको लियो क्लब अफ वालिङका अध्यक्ष दिक्षान्त खाँणले बताउनुभयो ।

सहयोग सामग्री हस्तान्तरण कार्यक्रममा बोल्नुहुँदै लियो जिल्ला परिषद ३२५ बी १ नेपालका अध्यक्ष लियो आदर्शमोहन भट्टराईले लायन र लियोले लायन र लियो क्लबले सन् २०२०÷०२१ का लागि निर्धारण गरेको मूल मन्त्रलाई सफल पार्नका लागि सहयोगी सामग्री प्रदानबाट थालनी गरेकोमा खुशी ब्यक्त गर्नुभयो । लियो क्लबले थालेको पहिलो कार्यक्रम नै सफल उन्मुख रहेकाले आगामी कार्यक्रमहरु पनि यसरी नै सफल हुँदै जाने विश्वास ब्यक्त गर्नुभयो ।

.

आगामी दिनमा पनि लायन्स लियो क्लबले यस्तै सामाजिक र रचनात्मक भूमिकाहरुमा अग्रस्थानमा रहेर कार्य गर्ने लायन्स क्लब अफ वालिङका अध्यक्ष लायन कविता भुसालले बताउनुभयो । खाद्यान्न तथा पानी फिल्टर गर्ने मेसिन सहयोग गरेर यसवर्षको कार्यक्रम थालनी गरिएको र आगामी दिनमा विशेष गरी किशोर किशोरी तथा बालबालिका केन्द्रित गरेर सचेतनामूलक कार्यक्रमहरुलाई प्राथमिकतामा राखेर अगाडि बढिने क्लबका अध्यक्ष खाँणले बताउनुभयो ।

कार्यक्रममा लायन्स क्लब अफ वालिङ सिटीका द्वितीय उपाध्यक्ष लायन बिजय कोईराला, लियो जिल्ला परिषद ३२५ बी १ का सचिव समीर बराल, कोषाध्यक्ष प्रदीप पौडेल, अध्यक्षीय प्रमुख सल्लाहकार कृष्णप्रसाद धिताल, लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।

लियो क्लब अफ वालिङ सिटीका अध्यक्ष दिक्षान्त खाँणको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव हरि रेग्मीले र धन्यवाद अमोर सेवा केन्द्रका अध्यक्ष कमला पराजुलीले गर्नुभएको थियो । लियो क्लब अफ वालिङ सिटीले खाद्यान्न तथा पानी फिल्टर मेसिन गरी झण्डै १४ हजार बराबरको सहयोग गरेको कार्यक्रम संयोजक प्रकृति श्रेष्ठले बताउनुभयो ।

Facebook Comments Box
TOP