काँग्रेसको बित्त विभागमा स्याङ्जाका लम्साल

Keshab


प्रकाश डोटेल/स्याङ्जा :

नेपाली काँग्रेसको बित्त तथा सहकारी विभागको केन्द्रीय सदस्यमा स्याङ्जाका सहकारीकर्मी केशवराज लम्साल मनोनित भएका छन् । लम्साललाई काँग्रेस सभापति शेरबहादुर देउवाले उक्त विभागको केन्द्रीय सदस्यमा मनोनित गरेका हुन् ।

काँग्रेसका केन्द्रीय सदस्य आन्नदराज ढुंगाना विभागको केन्द्रीय संयोजक रहेका छन् । स्याङ्जाका लम्साल सहित उक्त विभागमा देशभरबाट १६ जनालाई मनोनित गरिएको काँग्रेस केन्द्रीय कार्यालय सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

जिल्ला सहकारी संघको २ कार्यकाल कोषाध्यक्ष र निर्वतमान अध्यक्ष समेत रहेका लम्साल विगत १७ वर्षदेखि सहकारी क्षेत्रमा क्रियाशिल छन् । उनी हाल जिल्ला सदरमुकामस्थित प्रतिष्ठित सहकारी रोयल वचत तथा ऋण सहकारी संस्था लि.का प्रबन्धक दिर्नेशक समेत हुन् ।

पृथ्वीनारयाण क्याम्पस पोखराबाट विद्यार्थी राजनीतिबाट राजनीतिमा प्रबेश गरेका लम्साल नेपाल बिद्यार्थी संघ स्याङ्जाको उपाध्यक्ष बनेका थिए । उनी २०६२÷०६३ जन–आन्दोलनको समयमा स्याङ्जामा विद्यार्थी परिचालन समितिका संयोजक पनि थिए ।

Facebook Comments Box
TOP