युवाहरुबाट निर्घात कुटाई खाएका स्याङ्जाका एक व्यक्ति मृत अवस्थामा भेटिए

चापाकोट :
स्याङ्जाको चापाकोट नगरपालिका ३ का ४५ बर्षीय कुलबहादुर सार्की मृत अवस्थामा फेला परेकाछन् । स्थानीय दुई युवाबाट निर्घात कुटाई खाएका सार्की मृत अवस्थामा फेला परेकाहुन् । सार्कीलाई १८ बर्षीय पूर्ण बहादुर खड्का र २१ बर्षीय अन्तिल ज्ञामीले कुटपिट गरी मान्छे नबस्ने स्थानीय चन्द्रबहादुर सोतीको घरमा लगेर छाडेको प्रहरीको भनाई छ । शनिवार स्थानीयवासीले सार्कीलाई मृत अवस्थामा देखेपछि पहरीलाई खवर गरेका थिए । कुटपिट गर्ने दुई युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान शुरु गरेको स्याङ्जाका प्रहरी प्रवक्ता राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिनुभयो ।

Facebook Comments Box
TOP