वालिङका किसानलाई आधुनिक कृषि उपकरण ।

श्रीकृष्ण सिग्देल/स्याङ्जा :
तरकारी उत्पादनमा बृद्धि गर्न आधुनिकीकरण गरेर तरकारी उत्पादनमा बृद्धि गर्ने उदेश्यले किसानहरुलाई आधुनिक कृषि उपकरण वितरण गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत तरकारी ब्लक कार्यक्रमले किसानहरुलाई कृषि उपकरण वितरण गरेको हो । तरकारी ब्लक क्षेत्र निर्माण गरी यहाँका किसानलाई तरकारी उत्पादनमा सहजता प्रदान गर्ने उदेश्यले विगत ३ बर्ष देखि आधुनिक उपकरण वितरण गरिदै आएको छ । नेपाल सरकार कृषि मन्त्रालय कृषि ज्ञान केन्द्र स्याङजाको ५० प्रतिशत अनुदान र किसानको ५० प्रतिशत सहभागितामा आवश्यक पर्ने कृषि उपकरण उपलव्ध हुदै आएको त्रियासी कृषि उपज तथा बजार व्यवस्थापन सहकारीका अध्यक्ष केदार काफ्लेले बताए । यो दश बर्षे योजना हो अध्यक्ष काफ्लेले भने,“सात कृषि सहकारी मिलेर तरकारी ब्लक एरिया बनाएका छौं ।”
एक ब्लक एरियामा २ हजार रोपनी जग्गामा तरकारी लगाउदा यो सुविधा पाईदो रहेछ उनले भने । तरकारीको पकेट क्षेत्रको रुपमा चिनिएको यो ब्लकलाई तरकारीवालीलाई उत्पादनमा बढावा दिने यो कार्यक्रमको लक्ष्य रहेको छ । चौथो बर्ष शुभारम्भ गरेको यो कार्यक्रमले ४ सय किसान लाभान्वित भएका छन् । १० बर्ष सम्म ५ हजार भन्दा बढी किसान लाभान्वित हुने अध्यक्ष काफ्लेले बताए ।
तरकारीमा वालिङलाई आत्मनिर्भर बनाउने लक्ष्य वालिङ नगरपालिकाले लिएको र सोही अन्तर्गत यो कार्यक्रमले अझै किसानमा हौसला थप्ने वालिङ नगर उपप्रमुख कल्पना तिवारीको भनाई थियो । उपप्रमुखको प्रमुख आथित्यतामा वितरण गरिएको कार्यक्रममा यहाँका किसानलाई उत्पादनमा जोड्न नगरपालिका भरपुर प्रयासमा रहेको तविारीको भनाई छ । उत्पादनको दायरा बढाउन सके मात्रै नगरपालिका आर्थिक समृद्धिमा लाग्ने छ उपप्रमुख तिवारीले भनिन्,“जोस र जागरलाई कृषिमा लगानी गर्दै उत्पादनमा जोड दिने काम गरौं ।” उत्पादनको बजार नभए नगरपालिकाले व्यवस्थापन गर्छ उनले भनिन् ।
.

हरेक बर्ष किसानको आवश्यकताको पहिचान गरी कृषि उपकरण वितरण गरिदै आइएको छ । तरकारी उत्पादनमा सहजता प्रदान गर्न हाते ट्याक्टर, पानी तान्ने मोटर, हजारी, ठेला गाडी पोखरी निर्माण, डिजिटल किलाकाटा लगायतका उपकरण किसानलाई वितरण गरिएको छ । विउ विजन देखि जैविक मल पनि किसानलाइक्षर्् उपलव्ध गराउदै आएको बताइएको छ ।
१० बर्षमा यो तरकारी ब्लक क्षेत्रमा करिव ४ हजार रोपनीमा तरकारी उत्पादन गर्ने लक्ष्य सहित अगाडी बढिएको छ । जसले गर्दा यहाँका किसानको आम्दानीमा समेत बृद्धि हुने अपेक्षा यो कार्यक्रमले लिएको छ । यो ब्लक क्षेत्रमा त्रियासी कृषि, भयरथान कृषि, नमुना कृषि, देउराली महिला कृषि, चण्डीडाँडा कृषि, पित्लेक कालिका कृषि र जनकल्या कृषि सहकारी आवद्ध रहेका छन् । सबै सहकारीमा आवद्ध किसान तरकारी उत्पादनमा सहभागी छन् । सरकारले गरेको ५० प्रतिशत अनुदान र आफै गरेको ५० प्रतिशत सहभागिताले किसानलाई तरकारी उत्पादनमा जिम्मेवार र हौसला हुने विश्वास कृषि ज्ञान केन्द्र स्याङ्जाको रहेको छ ।
ब्लक एरियाका सचिव निलकण्ठ लामिछाने, वालिङ नगरपालिकाका सामाजिक विकास अधिकृत पदमप्रसाद पाण्डे र शेयर सदस्य हुमनाथ पाण्डे लगायतले उपलव्ध सामाग्रीको भरपुर उपयोग गरी उत्पादनमा जोड दिन आग्रह गरेका थिए ।
समाचार
थप सामाग्री
प्रेस चौतारी स्याङ्जाको अध्यक्षमा अर्याल
१ हप्ता अगाडि
स्याङ्जा : प्रेस चौतारी नेपाल स्याङ्जाको अध्यक्षमा मणीप्रसाद अर्याल चयन हुनु भएकाे छ। बुधबार सम्पन्न छैठौं जिल्ला अधिवेशनले अर्यालको नेतृत्वमा…