पाेखराका विभिन्न ठाउमा पहिराे, ६ जनाकाे मृत्यु, १ जना वेपत्ता,१० घाइते

अविरल वर्षाका कारण गएको पहिरोमा परी कास्कीमा मृतकको संख्या ६ पुगेको छ । कम्तिमा १ जना वेपत्ता रहेको र १० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीका एसप्री जीवनराम श्रेष्ठले समाधानलाई बताउनु भयाे ।

राति करिब पौने ३ बजेको समयमा पोखरा महानगरपालिका–१८ सराङकोट गोठादीस्थित टङ्कबहादुर थापाको घर पहिरामा पर्दा सो घरमा सुतेका मध्ये ५ जनाको मृत्यु भएको छ । उनीहरुको शव संकलन भैसकेको एसपी श्रेष्ठले बताउनु भयाे ।

सो घटनामा परी घाइते भएका अन्य ८ जना घाइते छन् । उनीहरुको उद्धार गरी उपचारका लागि मणिपाल शिक्षण अस्पताल र पश्चिमाञ्चल अस्पतालमालगिएको छ ।

विहीबार थापाको घरमा जन्म दिन मनाइएको थियो । त्यसैका लागि १३ जना जम्मा भएका थिए । राती उनीहरु सबै सुतको बेलामा घरमाथिबाट पहिरो खसेको थियो ।

त्यसैगरी पोखरा महानगरपालिका–२५ हेमजामा रामचन्द्र अधिकारीको घर पहिरोमा पुरिँदा अधिकारीकी आमा ७० वर्षीया भीमकली अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। घटनामा अन्य मानवीय क्षति नभएपनि तीन वटा बाख्रा पुरिएका छन्।

त्यस्तै पोखरा महानगर पालिकाको वडा नम्बर २६ मा पनि एउटा घर पहिरोले पुरेको खबर प्राप्त भएको छ । उक्त घरमा एक जना पुरिएको भन्ने खबर आएको जानकारी दिदैं एसपी श्रेष्ठले घटनास्थलमा प्रहरीको टोली पुगिसकेको र पहिरो जाने क्रम जारी रहेकाले खोजी कार्य प्र्रभावित भएको बताएका छन् ।

त्यस्तै पोखरा–१७ छोरेपाटन सिमलटुँडामा चन्द्रबहादुर मगरको घर माथिबाट खसेको पहिरोमा परी मगरसहित उनकी श्रीमती शान्ति र छोरा सुशान मगर सामान्य घाइते भएका छन्।

उनीहरुको नमस्ते अस्पतालमा उपचार भइरहेको छ । समाधान न्युज डटकमबाट

Facebook Comments Box
TOP