कालीगण्डकी पहिरो : बेपत्ता पाण्डेको काजकिरिया सकियो

हरिबल्लभ पाठक/स्याङ्जा :
स्याङ्जाको कालीगण्डकी गाउँपालिका–४, विर्घाको खहरेमा गत असार ३० गते गएको पहिरोमा बेपत्ता भएका प्रेमचन्द्र पाण्डेको काजकिरिया सकिएको छ ।
स्थानीयको सक्रियतामा र प्रहरीको सहयोगमा पहिरोमा बेपत्ता पाण्डेको केहि दिनसम्म खोजि गर्दा नभेटिएपछि पाण्डेको परिवारले काजकिरिया सकेका हुन् । उनीहसँगै पहिरोमा बेपत्ता भएका गिमानसिंह राना र टिकाबहादुर थापाको शव मृत अवस्थामा भेटिएको थियो ।
प्हिरोमा पुरिएर साविकको विर्घा गाविसका पूर्व अध्यक्ष ७० वर्षीय ईमानसिंह रानाको मृत्यु भएको थियो भने पहिरोमा परी वडा नं. ४ का वडा सदस्य हुमकान्त पाण्डे र स्थानीय बुद्ध राना घाईते भएको थिए ।
प्हिरोमा परी घाईते भएका उनीहरु उपचारपछि घर फर्किएको कालीगण्डकी गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष चक्रप्रसाद पाण्डेले जानकारी दिए ।
समाचार
थप सामाग्री-
प्रथम पिङ्क सिटि महोत्सव : भलिबलको सेमिफाइनल समिकरण पूरा
-
दमक र वालिङ उद्योग वाणिज्य संघले वालिङमा मनाए होली मिलन कार्यक्रम
-
सर्जक सम्मान तथा अग्रज स्रष्टाहरूको फोटो प्रदर्शनी कार्यक्रम सम्पन्न ।
-
नवग्रह मन्दिरबाट साढे ७७ लाख बढी भेटी संकलन
-
मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा भण्डारी

स्याङ्जा पत्रकार समाजका अध्यक्ष रिजाललाई पितृ शोक ।
१ हप्ता अगाडि
वालिङ : स्याङ्जा पत्रकार समाजका केन्द्रीय अध्यक्ष ईन्द्र रिजाललाई पितृ शोक परेको छ । पत्रकार रिजालका बुवा डिल्लीराज रिजालको ८१…