कालीगण्डकी पहिरो : बेपत्ता पाण्डेको काजकिरिया सकियो
हरिबल्लभ पाठक/स्याङ्जा :
स्याङ्जाको कालीगण्डकी गाउँपालिका–४, विर्घाको खहरेमा गत असार ३० गते गएको पहिरोमा बेपत्ता भएका प्रेमचन्द्र पाण्डेको काजकिरिया सकिएको छ ।
स्थानीयको सक्रियतामा र प्रहरीको सहयोगमा पहिरोमा बेपत्ता पाण्डेको केहि दिनसम्म खोजि गर्दा नभेटिएपछि पाण्डेको परिवारले काजकिरिया सकेका हुन् । उनीहसँगै पहिरोमा बेपत्ता भएका गिमानसिंह राना र टिकाबहादुर थापाको शव मृत अवस्थामा भेटिएको थियो ।
प्हिरोमा पुरिएर साविकको विर्घा गाविसका पूर्व अध्यक्ष ७० वर्षीय ईमानसिंह रानाको मृत्यु भएको थियो भने पहिरोमा परी वडा नं. ४ का वडा सदस्य हुमकान्त पाण्डे र स्थानीय बुद्ध राना घाईते भएको थिए ।
प्हिरोमा परी घाईते भएका उनीहरु उपचारपछि घर फर्किएको कालीगण्डकी गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष चक्रप्रसाद पाण्डेले जानकारी दिए ।
समाचार
थप सामाग्री
अपराध नियन्त्रण र अनुसन्धानमा सघाउन अर्जुनचौपारीमा १३ सीसीटीभी जडान
३ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ स्थित बजार क्षेत्रमा शान्ति–सुरक्षा सुदृढ बनाउने तथा अपराध नियन्त्रण र अनुसन्धानलाई प्रभावकारी बनाउने उद्देश्यले १३…


