नेपालमा भारतीय समाचार च्यानलहरुको प्रशारण राेकियाे ।

काठमाडौं :

नेपालमा बिना अवरोध भित्रिरहेका भारतीय समाचार च्यानलहरुको प्रशारण बन्द गरिएको छ ।

नेपालका बारेमा पछिल्ला केही महिनायता गलत प्रचारमा संलग्न रहेका सबै भारतीय समाचार च्यानलहरुको प्रशारण रोकिएको हो ।

विदेशी च्यानल वितरक मल्टि सिस्टम अपरेटर (एमएसओ) हरुले भारतीय न्युज च्यानलहरुको प्रशारण नेपालमा बन्द गरेका हुन् ।

बिहीबार साँझदेखि दूरदर्शनबाहेक सबै भारतीय न्युज च्यानलको प्रसारण रोकेको एमएसओका अध्‍यक्ष दिनेश सुवेदीले लाई जानकारी दिनुभयो ।

मेगा म्याक्स टिभीका उपाध्यक्ष ध्रुव शर्माले पनि वितरकहरुले बिहीबार साँझदेखि दूरदर्शनबाहेक सबै भारतीय न्युज च्यानलको प्रसारण रोकेको सचारमाध्यमलाई जानकारी गराउनुभएको छ ।

केही समययता भारतीय टिभी च्यानलहरुले नेपालका बारेमा अतिरञ्जित र अनर्गल प्रचार गरिरहेका छन् त्यस्तै पछिल्लो समय प्रधानमन्त्री केपी ओली र चिनियाँ राजदूतको नाम जोडेर आपत्तिजनक विषय प्रशारण गरेपछि नेपालमा त्यस्ता च्यानल बन्द गर्नुपर्ने माग पनि बढेको थियाे ।

Facebook Comments Box
TOP