संचार एवं शिक्षाप्रेमी अर्यालको निधन

भवानी अधिकारी/स्याङजा :
नेपाली कांग्रेसका सक्रिय नेता, संचार एवं शिक्षाप्रेमी, समाजसेवी हेमराज अर्यालको मंगलबार दिउसो आफनै निवासमा निधन भएको छ ।
लक्ष्मी स्मृति सामुदायिक पुस्तकालयका संस्थापक सदस्य, रेडियोका संस्थापक अध्यक्ष, पूर्व प्रधानाध्यापक, सामुदायिक बन उपभोक्ता महासंघका पूर्व अध्यक्ष, निबृत्त कर्मचारी सहकारीका अध्यक्ष लगायत बिभिन्न संघसंस्थामा आवद्ध अर्यालको ६५ बर्षको उमेरमा निधन भएको हो ।
पुतलीबजार नगरपालिका १ स्थित अर्यालथर आफनै निवासमा रहेका अवस्थामा अचानक ह्दयघातका कारण उहाको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उहाका पत्नी २ छोरा १ छोरी हुनुहुन्छ ।
यसैबीच, नेपाली कांग्रेसले अन्तिम श्रद्धान्जलीका लागि अर्यालकोे पार्थिव शरिरमा बुधवार विहान पुतलीबजार नगरपालिका स्थित १ बिष्णुपधेरामा राख्ने भएको छ ।
बुधवार बिहान ७ देखि ८ बजसेसम्म श्रद्धान्जलीको पछि राखिने र त्यसपछि अत्येष्टीका लागि लगिने भएको छ ।
समाचार
थप सामाग्री-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
-
वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
-
गरिमा विकास वैकद्वारा वालिङ क्याम्पसमा वित्तीय साक्षरता कक्षा

हुम कुमारी मल्लको पुण्य तिथिमा सहयोग सामग्री हस्तान्तरण
१ हप्ता अगाडि
स्याङ्जा : समाजसेवी क्या. चित्र बहादुर मल्लले आफ्नी धर्मपत्नी स्व. हुम कुमारी मल्लको ४५ दिनकाे पुण्य तिथिको अवसरमा अपांगता भएका…