संचार एवं शिक्षाप्रेमी अर्यालको निधन
भवानी अधिकारी/स्याङजा :
नेपाली कांग्रेसका सक्रिय नेता, संचार एवं शिक्षाप्रेमी, समाजसेवी हेमराज अर्यालको मंगलबार दिउसो आफनै निवासमा निधन भएको छ ।
लक्ष्मी स्मृति सामुदायिक पुस्तकालयका संस्थापक सदस्य, रेडियोका संस्थापक अध्यक्ष, पूर्व प्रधानाध्यापक, सामुदायिक बन उपभोक्ता महासंघका पूर्व अध्यक्ष, निबृत्त कर्मचारी सहकारीका अध्यक्ष लगायत बिभिन्न संघसंस्थामा आवद्ध अर्यालको ६५ बर्षको उमेरमा निधन भएको हो ।
पुतलीबजार नगरपालिका १ स्थित अर्यालथर आफनै निवासमा रहेका अवस्थामा अचानक ह्दयघातका कारण उहाको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उहाका पत्नी २ छोरा १ छोरी हुनुहुन्छ ।
यसैबीच, नेपाली कांग्रेसले अन्तिम श्रद्धान्जलीका लागि अर्यालकोे पार्थिव शरिरमा बुधवार विहान पुतलीबजार नगरपालिका स्थित १ बिष्णुपधेरामा राख्ने भएको छ ।
बुधवार बिहान ७ देखि ८ बजसेसम्म श्रद्धान्जलीको पछि राखिने र त्यसपछि अत्येष्टीका लागि लगिने भएको छ ।
समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
३ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


