प्राकृतिक प्रकोपबाट मृत्यु भएकाका परिवारलाई एक लाख दिइने

स्याङ्जा : गल्याङ नगरपालिकाले प्राकृतिक प्रकोपबाट मृत्युभएकाका परिवारलाई रु एक लाख सहयोग गर्ने भएको छ । नगर कार्यपालिकाले प्राकृतिक विपत्तिमा परी मृत्यु भएमा मृतकका परिवारलाई रु एक लाख राहतस्वरुप दिने निर्णय गरेको हो ।
प्राकृतिक प्रकोपका कारण नगरवासी घाइते भएमा उपचारका क्रममा खर्च भएको बिलका आधारमा रु २५ हजारसम्म राहतस्वरुप सहयोग गर्ने निर्णयसमेत गरिएको नगरपालिकाले जनाएको छ ।केही दिनदेखि परेको लगातारको बर्सात्का कारण नगरपालिका भित्रका केही स्थानमा मानवीय तथा भौतिक क्षति भएकाले यो निर्णय गरिएको नगरप्रमुख भुपराज अधिकारीले बताउनुभयो ।
नगर कार्यपालिकाको बैठकले विस्थापित परिवारलाई आवश्यकताका आधारमा खाद्यान्न सहितका आवश्यक सामग्री सहयोग गर्ने निणर्य गरेको प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद पाण्डेले जानकारी दिनुभयो ।नगरपालिकामा पहिराका कारण दुईको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । यस्तै, प्राकृतिक विपत्तिका कारण करीब दुई दर्जन घरपरिवार विस्थापित भएका छन् भने कैयौँ घर उच्च जोखिममा रहेका छन् ।
समाचार
थप सामाग्री-
प्रथम पिङ्क सिटि महोत्सव : भलिबलको सेमिफाइनल समिकरण पूरा
-
दमक र वालिङ उद्योग वाणिज्य संघले वालिङमा मनाए होली मिलन कार्यक्रम
-
सर्जक सम्मान तथा अग्रज स्रष्टाहरूको फोटो प्रदर्शनी कार्यक्रम सम्पन्न ।
-
नवग्रह मन्दिरबाट साढे ७७ लाख बढी भेटी संकलन
-
मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा भण्डारी

स्याङ्जा पत्रकार समाजका अध्यक्ष रिजाललाई पितृ शोक ।
५ दिन अगाडि
वालिङ : स्याङ्जा पत्रकार समाजका केन्द्रीय अध्यक्ष ईन्द्र रिजाललाई पितृ शोक परेको छ । पत्रकार रिजालका बुवा डिल्लीराज रिजालको ८१…