कांग्रेस सांसद बाग्लुङकी ज्ञानकुमारी छन्त्यालकाे निधन
प्रतिनिधिसभा सदस्य सदस्य ज्ञानकुमारी छन्त्यालको बुधबार बिहान काठमाडौंमा निधन भएको छ । उहाँको उपचारका क्रममा सहिद गंगालाल ह्दयरोग केन्द्रमा निधन भएको हो । अघिल्लो आइतबार मुटुको ३ वटा भल्ब ब्लक भएपछि मुटुको शल्यक्रिया गरिएको थियो ।
\
मुटुमा समस्या देखिएपछि उहाँ लामो समयदेखि प्रतिनिधिसभा बैठकमा सहभागी हुन सक्नु भएकाे थिएन । निशान छाप परिवर्तनका लागि भएको संविधान संशोधनका क्रममा समेत उहाँ मतदानमा भाग लिन असमर्थ हुनु भएकाे थियाे ।
अल्पसंख्यक समुदाय (छन्त्याल)बाट नेपाली कांग्रेसका तर्फबाट समानुपातिक कोटामा सांसद हुनुहुन्छ । उहाँ २०७० सालको संविधान सभा निर्वाचनमा बागलुङबाट प्रत्यक्ष निर्वाचित हुनु भएकाे थियाे ।
छन्त्यालको बुधबार नै पशुपति आर्यघाटमा अन्त्यष्टि गरिने भएकाे छ । छन्त्यालका श्रीमान, दुई छोरा र दुई छोरी छन्।
सांसद छन्त्यालको निधनमा सभापति शेरबहादुर देउवा, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला, कांग्रेस नेता डा शेखर कोइरालाले दुख व्यक्त गरेका छन् । सांसद छन्त्यालको निधन भएपछि कांग्रेस केन्द्रीय समितिको बैठक र संसदीय दलको बैठक समेत स्थगित हुने भएको छ । (समाधान)
समाचार
थप सामाग्री
२०८२ राजनीतिक ‘सुनामी’को वर्ष
२ महिना अगाडि
काठमाडौँ : राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर वर्षको अन्त्यतिर मुलुकको शान्ति, स्थायित्व र समृद्धिका लागि नयाँ…


