गुरु पुर्णिमा आज
आषाढ शुक्ल पुर्णिमाका दिन आइतबार गुरु पुर्णिमा मनाइदैछ । व्यास जयन्ती र कबीर जयंती पनि यहि दिन परेको छ । पूर्वीय दर्शन अर्थात् सनातन हिन्दू धर्ममा गुरूको महत्व अनौठो र अनुपम रहेको हुन्छ । ’गु’को अर्थ अन्धकार र ’रु’को अर्थ प्रकाश हुन्छ ।
यसरी अन्धकाररुपी अज्ञानलाई प्रकाशतर्फ डो¥याउन सफल हुनेलाई गुरु भनिएको पंडित माधव प्रसाद शर्मा बताउछन् र्। ’गिरति अज्ञानं इति गुरूअ’ अर्थात् अज्ञानलाई हटाएर ज्ञान प्रदान गर्नेलाई गुरू उनले भने र्, यसप्रकार गुरू नै यथार्थ ब्रह्म हो र उनकै योगदानलाई चर्चा गर्दै आजका दिन सम्मान गरिन्छ ।
आज गुरूपूर्णिमालाई वेद व्यास जयन्तीको रूपमा मनाइन्छ । वेद व्यासले वेदवेदान्त, अठार पुराण, उपनिषद्हरू लेखी हिन्दू संस्कृतिलाई ठूलो गुन लगाएका हुन्।शिक्षा दिने, संगीत सिकाउने लगायत विभिन्न ज्ञान दिनेलाई गुरु भनिन्छ । यस दिन गुरुलाई सम्मान गरि उपहार समेत दिने गरिन्छ ।
कतैकतै त गुरुदक्षिणा पनि दिने चलन छ । पहिले पहिले गुरु भन्ने वित्तिकै गायत्री मन्त्र सिकाउने गुरु, दीक्षा दिने गुरु र धनुँबाण सिकाउने गुरु आदीलाई मानिन्थ्यो तर गुरुको परिभाषा अहिले विशाल भएको छ । व्यक्तिगत गुण राम्रो स्वास्थ्य, आकर्षक व्यक्तित्व, मधुर स्वर, रुचि र उत्साह, धैर्य र सहनशीलता, प्रेम र सहानुभूति, आत्मविश्वास, नैतिकता र चरित्रवान बन्न गुरुले नै सिकाउने विश्वास गरिन्छ । हाम्रो शास्त्रमा देव गुरू बृहष्पति र असुर गुरू शुव्रmाचाय गरी दुई ठूला गुरूको चर्चा गरिएको पाइन्छ ।राजधानी दैनिकबाट
समाचार
थप सामाग्री-
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
३ हप्ता अगाडि
काठमाडौं : नेपाल संस्कृत विश्वविद्यालयको परिमार्जित नयाँ पाठ्यक्रममा आधारित रहेर तयार पारिएको नविन कृति ‘शब्दशास्त्रविज्ञानम्’ को एक विशेष समारोहका बिच…


