१ ताेला सुनलाई ९९,०००
बिहीबार सुनको मूल्य झन्डै एक लाख पुगेको छ। आज तोलाकै ९९ हजार पुगेर सुनको मूल्यले एतिहासिक रेकर्ड कायम गरेको छ ।
बुधबार प्रतितोला ९८ हजार ५ सयमा कारोबार भएको सुन आज ५ सयले बढेर एतिहासिक रेकर्ड कायम गरेको हो। यसअघि सुनको उच्च मूल्य बुधबार थियो ।
आज चाँदीको मूल्य १२ सय २५ रुपैयाँमा स्थिर छ। पछिल्लो सातादेखि चाँदीको मूल्य पनि बढिरहेको थियो ।
बिहीबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १९ सय ६१ अमेरिकी डलरमा कारोबार भइरहेको छ। अघिल्लो दिन अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १९ सय ५१ अमेरिकी डलरमा कारोबार भएको थियो।
Facebook Comments Box
समाचार
थप सामाग्री
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
३ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङस्थित आँधीखोलामा शनिबार दिउँसो एक पुरुषको शव फेला परेको छ। नदीमा अड्किएको अवस्थामा भेटिएको उक्त शव वालिङ…


