आर्थिक विकासमा जोड दिऔं : नगर प्रमुख खाँण
वालिङ :
वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले अब आर्थिक विकासतर्फ उन्मुख हुनुपर्ने बेला आएको बताउनुभएको छ । गतिशील महिला बहुउद्देश्यीय सहकारी संस्थाको आयोजना र आँधीखोला बहुप्राविधिक शिक्षालयको सहयोगमा सञ्चालन भएको तीन महिने बेमौसमी तरकारी उत्पादन तालिममा सहभागीहरुलाई प्रमाण पत्र वितरण कार्यक्रममा बोल्नुहुँदै नगर प्रमुख खाँणले आर्थिक विकास विना अन्य विकास सम्भव नहुने भएकाले आर्थिक विकासलाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभएको हो ।
“तालिममा सिकेका सीपलाई ब्यवहारमा उतारेर आत्मनिर्भर बन्नतर्फ लाग्नुहोस्” नगर प्रमुख खाँणले भन्नुभयो, “ब्यवसाय सञ्चालनका क्रममा आवश्यक परेको खण्डमा नगरपालिकाले सहुलियत दरमा ऋण उपलब्ध गराउने र उत्पादित बस्तुको बजारीकरणका लागि पहल गर्ने छ ।”
नागरिकहरु सचेत नभएसम्म भ्रष्टाचारमा कमि नहुने भएकाले अब नागरिक सचेत र चनाखो हुनु आवश्यक रहेको नगर प्रमुख खाँणले बताउनुभयो ।
कार्यक्रममा आँधीखोला बहुप्राविधिक शिक्षालयका प्रमुख नवीनकिशोर गैह्रेले सिकेका सीपलाई ब्यवहारमा उतारेर उदाहरण प्रस्तुत गर्नका लागि सुझाव दिनुभयो । गतिशील महिला बहुउद्देश्यीय सहकारी संस्थाका सल्लाहकार मञ्जु राना र सहभागीकातर्फबाट टीकाकुमारी पंगेनीले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
प्रमाणपत्र वितरण कार्यक्रम संस्थाका अध्यक्ष कविता गैह्रेको सभापतित्वमा सम्पन्न भएको थियो भने सञ्चालन सचिव ईन्दिरा अधिकारीले र स्वागत उपाध्यक्ष पूर्णकला वोस्तीले गर्नुभएको थियो । तालिममा सहभागी २० जना किसानलाई प्रमाणपत्र वितरण गरिएको थियो ।
कति ऋणमा मात्रै काम गर्ने उत्पादनमुलक काम गरि देश बिकास गरौं -मेयर खाँण
समाचार
थप सामाग्री-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
-
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
३ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडक खण्डमा सोमबार साँझ जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ…


