गण्डकी प्रदेशको बजेट बहुमतले पारित

गण्डकी : गण्डकी प्रदेश सरकारले आगामी वर्ष २०७७/७८ का लागि प्रस्तुत गरेको बजेट प्रदेशसभाबाट शुक्रबार बहुमतले पारित भएको छ । प्रदेशसभाको बिहीबारको बैठकबाट बजेट पारित भएको हो । त्यसअघि विनियोजन विधेयक र शुक्रबार अर्थसम्बन्धी विधेयक पारित भएका थिए ।
गण्डकी सरकारले आउँदो वर्षका लागि ३४ अर्ब ८४ करोड २१ लाख ६० हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको थियो । यो चालू आर्थिक वर्षको भन्दा २ अर्ब ७० करोड ७३ लाख ६८ हजार बढी हो । आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले बजेट सार्वजनिक गर्दै चालूतर्फ १४ अर्ब ३४ करोड ५६ लाख ८४ हजार (४१.२ प्रतिशत) र पुँजीगततर्फ १९ अर्ब ९९ करोड ९४ लाख ७६ हजार (५७.४) प्रतिशत बजेट विनियोजन गरेका थिए । प्रदेश सरकारले पहिलोपटक वित्तीय व्यवस्थापनतर्फ ५० करोड (१.४ प्रतिशत) बजेट विनियोजन गरेको छ ।
बजेटको स्रोतमा नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान ७ अर्ब ११ करोड २६ लाख, सशर्त अनुदान ४ अर्ब २० करोड ८४ लाख, समपूरक अनुदान १ अर्ब ५७ करोड ३७ लाख, रोयल्टीबाट ३० करोड, आन्तरिक राजस्वबाट ४ अर्ब ६० करोड ८५ लाख ६० हजार छ । बाँकी चालु वर्षमा खर्च भइ बाँकी रहने मौज्दात ७ अर्ब, आन्तरिक ऋणबाट १ अर्ब र नेपाल सरकारसँगको ऋणबाट १ अर्ब व्यहोरिने जनाइएको छ । यसैगरी सरकारले आव २०७७/७८ मा ४ अर्ब ६० करोड ८५ लाख ६० हजार राजस्व संकलन गर्ने लक्ष्य लिएको छ ।
बजेटमाथि प्रमुख प्रतिपक्ष कांग्रेस सांसद ओमकला गौतमले बिहीबारको बैठकमा खर्च कटौतीको प्रस्ताव पेस गरेकोमा प्रस्ताव अस्वीकृत भयो । ईकान्तिपुर डटकमबाट
समाचार
थप सामाग्री-
प्रथम पिङ्क सिटि महोत्सव : भलिबलको सेमिफाइनल समिकरण पूरा
-
दमक र वालिङ उद्योग वाणिज्य संघले वालिङमा मनाए होली मिलन कार्यक्रम
-
सर्जक सम्मान तथा अग्रज स्रष्टाहरूको फोटो प्रदर्शनी कार्यक्रम सम्पन्न ।
-
नवग्रह मन्दिरबाट साढे ७७ लाख बढी भेटी संकलन
-
मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा भण्डारी

स्याङ्जा पत्रकार समाजका अध्यक्ष रिजाललाई पितृ शोक ।
१ हप्ता अगाडि
वालिङ : स्याङ्जा पत्रकार समाजका केन्द्रीय अध्यक्ष ईन्द्र रिजाललाई पितृ शोक परेको छ । पत्रकार रिजालका बुवा डिल्लीराज रिजालको ८१…