गल्याङ नगरपालिकाले गर्यो कालीगण्डकी नदि उत्खनन, प्रशासनको दबाब पछि रोकियो
स्याङ्जा :
गल्याङ नगरपालिकाले कानुनलाई मिच्दै गल्याङ नगरपालिका एक राम्दी स्थित कालीगण्डकी नदिमा बालुवा निकाल्ने काम गरेको छ ।
पाल्पा स्याङ्जा जिल्लाको सिमाना पर्ने उक्त नदिमा स्याङ्जाको क्षेत्रबाट शुक्रवार उत्खनन गरिएको थाहा पाए लगत्तै जिल्ला प्रशासनलाई खबर गरिएको स्थानीय प्रकाश श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो ” यस्तो बर्षातको समयमा नगरपालिकाको डोजर, ट्याक्टर, टिपर प्रयोग गरेर उत्खनन गर्न गरिएको रहेछ । हामीले देख्न साथ प्रशासनलाई खबर गर्यौ । “
.

स्थानीयले खबर गर्न साथ उक्त उत्खनन गर्ने काम तत्काल रोकिएको प्रमुख जिल्ला अधिकारी गङ्गा बहादुर क्षेत्रीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो । स्थानीय तह आफैले उक्त उत्खनन गरेको हुँदा उत्खनन गर्ने कुनैपनी सामाग्री नियन्त्रणमा लिएका छैनौं । हामीले पनि पक्राउ पछि कारबाहीको लागि स्थानीय तहलाई नै दिनुपर्ने हुँदा उहि स्थानीय तहको सामाग्री प्रयोग गरिएको हुँदा नियन्त्रणमा नलिएको उहाँको तर्क थियो ।
बर्षात्तको समयमा आउने बालुवा निकालेर राख्न खोजिएको र पछि प्रक्रिया अनुसार टेन्डर गर्न सकिने र त्यो नगरपालिकाको आयस्रोत बन्ने हुँदा यसो गर्न थालिएको तर सबै क्षेत्रबाट बिरोध आएपछि उत्खननको काम रोकिएको गल्याङ नगरपालिकाका प्रवक्ता तथा उक्त क्षेत्रका वडा अध्यक्ष गणेश बस्यालको भनाइ छ ।
.

समाचार
थप सामाग्री-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
-
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
-
दुर्घटनामा श्रीमानश्रीमती कै मृत्यु : गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ।
-
प्रहरी चौकीको पुरानो ब्यानर हटाएर नयाँ राखियो
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…


