अहिलेको नीतिले नेपालका उद्याेग फस्टाउन नसक्ने आर्थिक समाज नेपालकाे निष्कर्ष

भूपराज बस्याल/स्याङ्जा :

नेपाल सरकारले अहिले लिएको औद्योगिक नीतिले राज्यमा उद्याेग फस्टाउन नसक्ने आर्थिक समाज नेपालले निष्कर्ष निकालेको छ । नेपालको अर्थतन्त्रमा निकै चासो राख्ने समाजले कोभिड – १९ को उच्च जोखिमलाई मध्य नजर गर्दै राखेको भर्चुअल कुराकानीमा यस्तो निष्कर्ष निकालेको समाजका अध्यक्ष कृष्ण लामिछानेले जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्ने विभिन्न अर्थविदहरुले सरकारले लिएको औद्योगिक नीति उत्पादन मुखी भन्दा पनि आयात मुखी भएको भन्दै यस्तो नीतिले देशमा औद्योगिक क्षेत्रको बिकास हुन नसक्ने धारणा राखेका हुन् । कार्यक्रम बोल्दै प्राध्यापक गेहेन्द्रेश्वर काेइरालाले बिश्वमा करिब चार सय बर्ष पहिले सुरुभएको औद्योगिक क्रान्तिले अन्य देशमा राम्रै फड्को मारेको बताउनुभयो । नेपालमा खनिज सम्पदाको उत्खनन गर्न कुटो कोदालो, हासिय लगायतका औजारबाट औद्योगिक क्रान्तिको भएता पनी दोस्रो बिश्व युद्धको बेलामात्रै नेपालमा आधुनिक औद्योगिक क्रान्तिको सुरु भएको इतिहास रहेको उहाँले बताउनुभयो ।

अंग्रेज़हरुसंग राणाको राम्रो सम्बन्ध रहेका कारण अंग्रेज़हरु बिश्व युद्धतिर लागेका बेला कतिपय उधोगमा तिनै अंग्रेज़हरुको लगानी रहेको भन्दै दोश्रो बिश्व युद्धका ताका नेपालमा औद्योगिक ब्यबसाय फस्टाएको इतिहास रहेको उहाँले जानकारी दिनुभयो । 
नेपाल सरकारले लिएको “समृद्ध नेपाल सुखी नेपाली” को नारा साकार पार्न औद्योगिक क्षेत्रमा फड्को मार्नु पर्ने हुन्छ तर अहिलेको नीतिले यो क्षेत्रमा फड्को मार्ने अवस्था सिर्जना गर्न नसक्ने हुँदा औद्योगिक क्षेत्रको नीति परिवर्तन नगरे सरकारले लिएको नारा साकार नहुने प्राध्यापक डाक्टर यादब शर्मा गौडेलले बताउनुभयो । नेपालको कच्चा पदार्थ कृषिमा आधारित उधोग लाई बिकास गर्ने सके नेपालको औद्योगिक क्षेत्र फस्टाउन सक्ने भन्दै सरकारले पनि नेपालका कच्चा पदार्थमा आधारित उद्याेगलाई प्राथमिकता दिनुपर्ने धारणा उहाँको थियो । नेपालको उधोग अनुसारका कच्चा पदार्थ उत्पादनमा पनि सरकारले ध्यान दिनुपर्ने भन्दै सरकारले साना तथा मझौला उधोगलाई बिशेष प्राथमिकतामा राख्नुपर्ने उहाँको धारणा थियो । 
स्थानीय तहमा उत्पादित सिपको आधारमा औद्योगिक क्षेत्रलाई बिकास गर्न सके यस क्षेत्रको बिकास दिगो हुने प्राध्यापक कुन्जराज थापाको धारणा थियो । खासगरी धातुजन्य, ढाकाजन्य, बास तथा बेदजन्य कच्चापदार्थमा आधारित उधोगलाई जोड दिनुपर्ने उहाँको भनाइ थियो । कार्यक्रममा पत्रकारहरुले राखेको विभिन्न जिज्ञासा्हरुको जवाफ अर्थविदहरुले दिएका थिए ।

Facebook Comments Box
TOP