बाल्टीको भरमा खेत रोप्ने तयारी
भवानी अधिकारी/स्याङ्जा : पुतलीबजार नगरपालिका–१३ स्थित उर्वर टापु फाँटमा पानीकी अभावमा धान रोप्न समस्या परेको छ । यहाँका किसानले बाल्टीमा पानी बोक्दै खेतमा हालेर धान रोप्ने प्रयासमा जुटेका छन् । खोला किनारमा रहेको टापुखेतमा कतैे धान हरियो भएका छन्, त कतै पानीको अभावमा मकैका डाँठ ठडिएकेै छन् । असारको अन्तिम सातामा पनि पानीको अभावमा रोपाई हुन सकेको छैन।
सिंचाईको अभावमा आकाशे पानीको भरमा खेत रोप्नु पर्ने वाध्यता छ । यहाँका किसानले मोटर बाटोमा बगेको पानी, कुलाको पानी खेतमा सोझयाउदै धान रोप्ने गरेको बताउछन् । नाला वा मुन्तिरका खेतको पानी बाल्टीमा उभाउदै, खेतमा हालेर धान रोप्ने तयारीमा किसान जुटेका छन्।
र वर्षापछि पानी संकलन भएको थाहा पाएपछि यहाका किसानहरु बाल्टी, गाग्रा बोकेर खेतमा पुग्छन । यो टापुखेत फाँटबासीमध्ये धेरैका साझा समस्या हो । उर्वर भूमि पानीको अभावमा समयमा रोप्न नपाउदा राम्रो उत्पादन लिन नसकिने वडा सदस्य जुद्ध थापा बताउनछन्।
बर्षोंदेखि सतौं हटियादेखि रिङदी खोलासम्मको एउटा कुलाको भरमा गाउँलेले खेती गर्दे आएका थिए । फाँटका सबैतिर कुलोको सिँचाईल पुग्ने अवस्था नरहेकाले फाँटमा पानीको अभाव देखिएको वडाअध्यक्ष ख्यामनारायण अधिकारीको भनाइ छ ।
पुतलीबजार नगर प्रवक्ता समेत रहेका अधिकारी भन्छन्, ‘पहिलादेखि नै नहर÷कुला सानो थियो, अलि वृहत योजना बनाउने माग गर्दा कतैबाट सुनुवाई हुन सकेको छैंन् ।’ नगरको योजना अन्र्तगत पालिकाले छुट्टाएको ६ लाख रुपैंयाले केही काम नै नहुने भएपछि फिर्ता गएको छ ।
झण्डैं ३ हजार रोपनी भन्दा बढी क्षेत्रफल ओगटेको अन्न उब्जाउ हुने टापुखेत फाँटमा करिब डेढ किलोमिटर नहर बनाउन सके टापुखेत फाँट सबैलाई सिँचाई गर्न पुग्ने अध्यक्ष अधिकारीको भनाइ छ ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


