भारतकाे जम्मु–कश्मीरमा गोर्खा सैनिकको ज्यान गयाे ।
पोखरा : भारतको सीमा रक्षामा खटिएका गोरखा जिल्ला घर भएका एक जना नेपाली गोर्खा सैनिकले ज्यान गुमाएका छन् ।
जम्मु–कश्मीरको लाइन अफ कन्ट्रोल (एलओसी) क्षेत्र नजिक शुक्रबार बिहान भएको गोलाबारीमा हबलदार सम्बर गुरुङको मृत्यु भएको हो ।
उनको घर गोरखा जिल्ला रहेको भारतीय सेनाले पुष्टि गरेको छ । घाइते अवस्थामा भेटिएका उनलाई तत्कालै अस्पताल लगिए पनि बचाउन नसकिको भारतीय सेनाले जनाएको छ ।
युद्धविरामलाई उल्लंघन गर्दै शुक्रबार बिहान १ बजेतिर पाकिस्तानतर्फबाट गोलाबारी भएको भारतीय सेनाको दाबी छ । हबलदार गुरुङ जम्मु कश्मीरको रजौरी जिल्लाको नोसेरा क्षेत्रमा खटिएका थिए ।
Facebook Comments Box
समाचार
थप सामाग्री-
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
३ हप्ता अगाडि
काठमाडौं : नेपाल संस्कृत विश्वविद्यालयको परिमार्जित नयाँ पाठ्यक्रममा आधारित रहेर तयार पारिएको नविन कृति ‘शब्दशास्त्रविज्ञानम्’ को एक विशेष समारोहका बिच…


