भारतकाे जम्मु–कश्मीरमा गोर्खा सैनिकको ज्यान गयाे ।

पोखरा : भारतको सीमा रक्षामा खटिएका गोरखा जिल्ला घर भएका एक जना नेपाली गोर्खा सैनिकले ज्यान गुमाएका छन् ।
जम्मु–कश्मीरको लाइन अफ कन्ट्रोल (एलओसी) क्षेत्र नजिक शुक्रबार बिहान भएको गोलाबारीमा हबलदार सम्बर गुरुङको मृत्यु भएको हो ।
उनको घर गोरखा जिल्ला रहेको भारतीय सेनाले पुष्टि गरेको छ । घाइते अवस्थामा भेटिएका उनलाई तत्कालै अस्पताल लगिए पनि बचाउन नसकिको भारतीय सेनाले जनाएको छ ।
युद्धविरामलाई उल्लंघन गर्दै शुक्रबार बिहान १ बजेतिर पाकिस्तानतर्फबाट गोलाबारी भएको भारतीय सेनाको दाबी छ । हबलदार गुरुङ जम्मु कश्मीरको रजौरी जिल्लाको नोसेरा क्षेत्रमा खटिएका थिए ।
Facebook Comments Box
समाचार
थप सामाग्री-
प्रथम पिङ्क सिटि महोत्सव : भलिबलको सेमिफाइनल समिकरण पूरा
-
दमक र वालिङ उद्योग वाणिज्य संघले वालिङमा मनाए होली मिलन कार्यक्रम
-
सर्जक सम्मान तथा अग्रज स्रष्टाहरूको फोटो प्रदर्शनी कार्यक्रम सम्पन्न ।
-
नवग्रह मन्दिरबाट साढे ७७ लाख बढी भेटी संकलन
-
मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा भण्डारी

स्याङ्जा पत्रकार समाजका अध्यक्ष रिजाललाई पितृ शोक ।
५ दिन अगाडि
वालिङ : स्याङ्जा पत्रकार समाजका केन्द्रीय अध्यक्ष ईन्द्र रिजाललाई पितृ शोक परेको छ । पत्रकार रिजालका बुवा डिल्लीराज रिजालको ८१…