कोरोना परीक्षण गरेर सीपीएल सञ्चालनको अनुमति, सन्दीपले खेल्ने
नेपाली खेलाडी सन्दिप लामिछानेले खेल्ने क्यारेवियन प्रिमियर लिग (सीपीएल) लाई ट्रिनिडाड एण्ड टोबागोले अनुमति दिएको छ ।
यसअघि ट्रिनिडाड एण्ड टोबागोको सरकारले अनुमति नदिँदा सीपीएल हुने/नहुनेबारे अन्योल थियो । अब प्रतियोगिताका लागि अनुमति पाइपछि सीपीएल हुने पक्का भएको हो ।
अगामी अगस्त १८ देखि सेप्टेम्बर १० तारिखसम्म सञ्चालन हुने सिपिएल दर्शक विना रंगशालामा खेलाइने छ । सीपीएलको पहिलो र दोस्रो संस्करण विभिन्न खेल मैदानमा खेलाइँदै आएकामा यसपालि तेस्रो संस्करण भने ट्रिनिडाड एण्ड टोबागोको २ मैदानमा खेलाउन त्यहाँको सरकारले अनुमति दिएको छ ।
सीपीएलमा भाग लिने खेलाडीको प्रतियोगिता अघि कोरोना संक्रमित भए/नभएको परीक्षण गरिने आयोजकले जनाएको छ । खेलाडी र प्रशिक्षकमा कोरोना संक्रमण देखिएमा पूरै टोलीलाई १४ दिनको सेल्फ आइसोलेसनमा राखिने बताइएको छ ।
आयोजक सीपीएल र त्यहाँको सरकारबीच शुक्रवार राति प्रतियोगिता सञ्चालनको मापदण्डबारे सहमति भएको छ ।
प्रतियोगिताका लागि १९ वर्षीय सन्दीप १ लाख ३० हजार अमेरिकी डलमार अनुबन्धित भएका छन् । उनलाई जमैका तलावाजले अनुबन्ध गरेको हो । जमैका तलावाजले उनलाई दोस्रो चरणमा छनोट गरेको थियो ।
प्रतियोगिताका लागि २३ देशका ५३७ खेलाडीले नाम दर्ता गराएका थिए । सन्दीपले सीपीएलका लागि आफ्नो अनुबन्धित मूल्य ९० हजार अमेरिकी डलर तोकेका थिए । सन्दीप सीपीएलका लागि तेस्रो पटक अनुबन्धित भएका हुन् ।
यसअघि उनी सीपीएलको पहिलो संस्करण सन् २०१८ मा सेन्ट किट्स एन्ड नाभिस प्याट्रियट्सका लागि पाँच हजार तथा दोस्रो संस्करण सन् २०१९ मा बार्बाडोस ट्राइडेन्सका लागि ७० हजार अमेरिकी डलरमा अनुबन्धित भएका थिए ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


