गण्डकी प्रदेश : थप २५ जनामा कोरोना सङ्क्रमण,प्रदेशमा सङ्क्रमितको संख्या १२५६
स्याङ्जा :
गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गण्डकीका २ जिल्लामा नयाँ सङ्क्रमित थपिएका हुन ।
नयाँ थपिनेमा तनहुँका ७ जना, नवलपरासी पूर्बका १८ जना रहेकाछन् । तनहुँको म्याग्दे र भानुमा दुई दुई जना र व्यास नगरपालिकामा ३ जना थपिएका हुन् ।
त्यस्तै नवलपरासी पूर्बको गैडाकोट नगरपालिकामा ५ महिला सहित १८ जना थपिएका गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक एवं प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता बिनोद बिन्दु शर्माले जानकारी दिनुभयो ।
गण्डकी प्रदेशका कोरोना सङक्रमित एक हजार दुई सय ५६ मध्ये ९ सय २५ जना निको भएर घर फर्किएका छन । गण्डकी प्रदेशमा ४ जना सङ्क्रमितको मृत्यु भईसकेको छ ।
समाचार
थप सामाग्री
२०८२ राजनीतिक ‘सुनामी’को वर्ष
२ महिना अगाडि
काठमाडौँ : राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर वर्षको अन्त्यतिर मुलुकको शान्ति, स्थायित्व र समृद्धिका लागि नयाँ…


