नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार नाघ्यो, आजमात्रै ७४० जना थपिए

corona update

पछिल्लो २४ घण्टामा नेपालमा थप ७४० जना कोरोना संक्रमित थपिएका छन्।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरका प्रयोगशालामा थप ७४० जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको बताउनु भयाे ।

४ हजार ४ सय ८४ जनाको नमूना परीक्षणमा ७४० जनाकाे  रिपाेर्ट पाेजिटिभ आएकाे प्रवक्ता गाैतमले बताए। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार २५९ पुगेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप ८२३ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन्।

योसँगै नेपालमा कोरोनामुक्त भएर घर फर्कनेको संख्या ६ हजार १ सय ४३ पुगेको प्रवक्ता गौतमले जानकारी दिनुभयाे ।

त्यस्तै कोरोना संक्रमणका कारण नेपालमा अहिलेसम्म ३२ जनाको मृत्यु भइसकेको प्रवक्ता गौतमले जानकारी दिनुभयाे ।

Facebook Comments Box
TOP