स्याङ्जामा स्वास्थ्यकर्मीमा कोरोना पुष्टि

स्याङ्जामा स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि अस्पतालको सेवा बन्द गरिएको छ । संक्रमितको उपचारमा खटिएका गल्याङ नगर अस्पतालका डाक्टरमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख यामप्रसाद शर्माले जानकारी दिनुभयेा ।
उहाँले भन्नुभयाे, ‘संक्रमितको उपचारमा खटिनुभएका मुख्य स्वास्थ्यकर्मीमा नै कोरोना देखियो । पहिल्यै बिरामीको संख्या कम रहेकाले अस्पताल बन्दजस्तै छ ।’ संक्रमण पुष्टि भएका स्वास्थ्यकर्मीसहित २१ जनाको स्वाब परीक्षणका लागि पोखरा ल्याइएको थियो ।
त्यसमा २ जना अस्पतालको आइसोलेसनमा उपचाररत संक्रमित र बाँकी १९ जना अस्पतालका कर्मचारी हुन् । १ स्वास्थ्यकर्मीबाहेक अरु सबैको रिपोर्ट नेगेटिभ आएको प्रमुख शर्माले जानकारी दिनुभयेा ।
स्याङ्जामा हालसम्म १ सय ९८ जनामा कोरोना पुष्टि भएको छ । त्यसमध्ये १ सय ८५ जना निको भइसकेका छन् ।
समाचार
थप सामाग्री
दमक र वालिङ उद्योग वाणिज्य संघले वालिङमा मनाए होली मिलन कार्यक्रम
१ हप्ता अगाडि
वालिङ : दमक उद्योग वाणिज्य संघबाट संघका अध्यक्ष देवीप्रसाद गुरागाइँ (गोपाल) को नेतृत्वमा चेम्बर अध्ययन अवलोकन भ्रमणका क्रममा वालिङ आएको…