स्याङ्जाका ११ जना सहित गण्डकी प्रदेशमा थपिए ३८ संक्रमित
स्याङ्जा : गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा थप ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
कास्कीमा १४, स्याङ्जामा ११, बागलुङमा ६ तनहुँमा ३, लम्जुङमा ३ र नवलपरासी पूर्वमा एक जना नयाँ संक्रमित फेला परेका हुन् ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार ४७९ पुगेको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार पोखरा महानगरपालिकामा १४ जना नयाँ संक्रमित फेला परेका छन् । संक्रमितहरु १५ देखि ४० वर्ष उमेर समूहका छन् ।
यस्तै स्याङ्जाको गल्याङमा ८ जना तथा बिरुवा, पुतलीबजार र भिरकोटमा एक–एक जनामा संक्रमण पुष्टि भएको छ ।
यसैगरी बागलुङको काठेखोला र बडिगाडमा २–२ जना तथा बागलुङ र जैमिनीमा एक–एक जनामा संक्रमण पुष्टि भएको छ ।
तनहुँको व्यास नगरपालिकामा दुई जना र ऋषिङमा एक जनामा कोरोना संक्रमण देखिएको छ । पूर्वी नवलपरासीको बौदीकालीमा एक जना र लम्जुङको बेंसीशहरमा २ जनमा कोरोना संक्रमण पुष्टि भएको छ ।
सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । गण्डकी प्रदेशमा कोरोना निको भएर घर फर्किनेको संख्या एक हजार २३० छ ।
स्याङ्जा:प्रहरी र एम्वुलेन्स चालकमा काेराेना सङ्क्रमण,अत्यावश्यक सेवा बाहेक सबै १० दिनका लागि बन्द !
.

समाचार
थप सामाग्री-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
-
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
३ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडक खण्डमा सोमबार साँझ जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।…


