गण्डकी प्रदेशका चार जिल्लामा थपिए ३२ जना कोरोना सङ्क्रमित ।
स्याङ्जा :
गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गण्डकीका ४ जिल्लामा नयाँ सङ्क्रमित थपिएका हुन ।
नयाँ थपिनेमा नवलपरासी बर्दघाट सुस्ता पूर्बका ४ महिला सहित १९ जना, तनहुँका ९ जना,पर्बतका ३ जना र बाग्लुङका १ जना रहेकाछन् ।
सङ्क्रमित सबैलाई आईसोलेसनमा लैजाने तयारी भईरहेको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक एवं प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता बिनोद बिन्दु शर्माले जानकारी दिनुभयो ।
गण्डकी प्रदेशका कोरोना सङक्रमित एक हजार ६३ मध्ये २ सय ९६ जना निको भएर घर फर्किएका छन । गण्डकी प्रदेशमा २ जना सङ्क्रमितको मृत्यु भईसकेको छ ।
.

समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
२ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


