कोरोनाबाट मृत्यु भएका दाजुको अन्त्येष्टि गर्न भारत गएका भाइको नेपाल फर्केपछि कोरोनाकै कारण ज्यान गयाे
नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ।
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले कोरोनाबाट नेपालमा थप एक जनाको मृत्यु भएको पुष्टि गरे।
प्रवक्ता गौतमका अनुसार मृत्यु हुनेमा रौतहटको परवाह नगरपालिका-७, का ३६ वर्षीय पुरुष रहेको र उनको आजै (बुधबार) दिउँसो साढे २ बजे उपचारका क्रममा मृत्यु भएको हो।
भारतमा रहेका दाजुको कोरोनाबाट मृत्यु भएपछि अन्तिम संस्कारका लागि उनी ब्याङ्लोर गएको गएका थिए। उनी यही असार २४ गते नेपाल आएका थिए।
नेपाल फर्केपछि रौतहटकै परवाहमा रहेकाे क्वारेन्टिनमा बसेका थिए ।
उनी पुरुषमा यही असार २९ गते रुघाखोजी, ज्वारो र स्वास्प्रश्वास समस्या देखिएपछि नारायणी अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।
उनको सोही दिन स्वाब संकलन गरी हेटौँडा प्रयोगशालामा परीक्षणका लागि पठाइएकाे थियाे। उनकाे आज पोजिटिभ रिपोर्ट आएको थियो
योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३९ पुगेको छ।
समाचार
थप सामाग्री-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
-
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
-
वालिङमा सुरु भयो ‘कृषि एम्बुलेन्स’ सेवा
बि.पी. विचार गोष्ठी एवम काव्य उत्सव- २०८३ सम्पन्न
१ महिना अगाडि
स्याङ्जा : युगीन विचार, अभिव्यक्ति तथा लेखकीय स्वतन्त्रताप्रति प्रतिबद्ध सिर्जनशील नेपाली स्रष्टाहरुको गौरवशाली साझा संस्थाको रूपमा स्थापित नेपाली लेखक संघ…


