कोरोनाबाट मृत्यु भएका दाजुको अन्त्येष्टि गर्न भारत गएका भाइको नेपाल फर्केपछि कोरोनाकै कारण ज्यान गयाे

नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले कोरोनाबाट नेपालमा थप एक जनाको मृत्यु भएको पुष्टि गरे।

प्रवक्ता गौतमका अनुसार मृत्यु हुनेमा रौतहटको परवाह नगरपालिका-७, का ३६ वर्षीय पुरुष रहेको र उनको आजै (बुधबार) दिउँसो साढे २ बजे उपचारका क्रममा मृत्यु भएको हो।

भारतमा रहेका दाजुको कोरोनाबाट मृत्यु भएपछि अन्तिम संस्कारका लागि उनी  ब्याङ्लोर गएको गएका थिए। उनी यही असार २४ गते नेपाल आएका थिए।

नेपाल फर्केपछि रौतहटकै परवाहमा रहेकाे क्वारेन्टिनमा बसेका थिए ।

उनी पुरुषमा यही असार २९ गते रुघाखोजी, ज्वारो र स्वास्प्रश्वास समस्या देखिएपछि नारायणी अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।

उनको सोही दिन स्वाब संकलन गरी हेटौँडा प्रयोगशालामा परीक्षणका लागि पठाइएकाे थियाे। उनकाे आज पोजिटिभ रिपोर्ट  आएको थियो

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३९ पुगेको छ।

Facebook Comments Box
TOP