स्याङ्जाकाे फेदीखाेलामा पनि देखियाे काेराेना ।
स्याङ्जाकाे फेदीखाेला गाउँपालिकाका ३ पुरुषमा पनि मगलबार बिहान काेराेना पुष्टि भएकाे छ ।
क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशका म्याग्दी, बागलुङ र स्याङ्जामा गरी थप ९ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।
म्याग्दीकाे अन्नपूर्ण गाउँपालिकामा २ पुरुष, बेनी नगरपालिकामा १ पुरुषमा काेराेना पुष्टि भएकाे छ ।
बागलुङकाे ताराखाेला गाउँपालिकाका ३ पुरुषमा पनि काेराेना पुष्टि भएकाे प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ ।
गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट हालसम्म १ हजार २० जना निकाे भएर घर फर्केका छन् ।
प्रदेशभर काेराेनाबाट ४ जनाकाे मृत्यु भएकाे छ । स्याङ्जाका २, बागलुङ र गाेरखाका १/१ जनाकाे मृत्यु भएकाे हाे ।

समाचार
थप सामाग्री
व्यावसायिक समृद्धिको योजनासहित चुनावी मैदानमा शंकर डुम्रे
३ हप्ता अगाडि
वालिङ : वालिङ उद्योग वाणिज्य संघको आगामी असार २१ गते हुने निर्वाचनको रौनक निकै बढेको छ। अध्यक्ष पदमा अनुपमा ढुङ्गाना…


