नगरपालिकाको कार्यालय सार्न चापाकोटमा राँके जुलुश
गोपिकृष्ण रेग्मी : स्याङजाको चापाकोट नगरपालिकाको कार्यालय सबैलाई पायक पर्ने स्थानमा सार्नु पर्ने माग गर्दै चापाकोट सुन्तलीटार बजारमा राँके जुलुस निकालिएको छ । नगरपालिकाको १० वडा मध्ये ७ वडाको पायक पर्ने स्थान वडा न.८ को दामाचौर रहेको भन्दै ७ वडाको सर्मर्थनमा स्थानियबासीले नगरपालिका नै सेन्टरमा हुनु पर्ने माग राखी राँके जुलुस गरेको वडा नं.८ का वडा अध्यक्ष नवराज श्रेष्ठले बताउनु भएको छ ।
करिब २ सय जनाको सहभागितामा वडा नं.८ मा रहेको इलाका प्रहरी कार्यलय स्तरउन्नती भइ वडा न .९ सुन्तली टार लगेको विरोधमा वडा न ८ कृष्ण चोक देखी वडा न.९ सुन्तलीटार बजार सम्म बिभिन्न नारा सहित राँके जुलुस निकालेका हुन । वडा न.८ का स्थानियले इलाका प्रहरी कार्यलय संरक्षण समिति बनाई यस अघि पटक पटक राँके जुलुस,४ दिन सम्म रिले अनशन जस्ता कार्यक्रम गरे पनि कुनै सुनुवाई नगरी वडा नं .९ मा प्रहरी भवन निर्माण गर्न लागेकोले आन्दोलनका कार्यक्रम स्वरुप राँके जुलुस सहित चापाकोट नगरपालिकाको कार्यालय नै दामाचौर सार्ने गरि आन्दोलनका कार्यक्रम तय गरेका हुन् ।
चापाकोट ८ क्वामीमा रहेको इलाका प्रहरी कार्यालय घटुवा गरी वडा न.९ को प्रहरी चौकीलाई स्तरउन्नती गरेको , नगरपालिका कार्यालय सेन्टरमा नभएको हुदाँ सबै वडालाई पायक पर्ने गरि सार्नु पर्ने माग सहित राँके जुलुस गरिएको प्रहरी कार्यलय संरक्षण समितिका उप संयोजक गोर्कण भट्टराइले बताउनु भयो । जिल्ला देखी केन्द्र सम्म पटक पटक ज्ञापन पत्र बुझाएको जिल्लाका प्रमुख जिल्ला अधिकारी ,प्रहरी प्रमुख,पाटीका जिल्लाका प्रमुखहरुले आश्वाशन दिएपनि पहिले भएका शर्तहरु नमानी एकलौटी ढगंले काम सुरु गरेपछि उनीहरु नगरपालिका सार्नको लागी सर्घष समिति बनाई आन्दोलनमा उत्रिएका छन ।
समाचार
थप सामाग्री-
स्वतन्त्र उम्मेद्वार नेपालीद्वारा काँग्रेसका ढकाललाई समर्थन
-
समृद्ध स्याङ्जा र सुखी स्याङ्जालीको सङ्कल्पमा क्षेत्र नं २ मा खिम बहादुर थापा
-
कांग्रेसका ढकाल र मल्लको सङ्कल्पपत्र :सिद्धार्थ राजमार्ग स्तरोन्नति देखि ‘कृषि हब’ निर्माणसम्मको प्रतिबद्धता
-
नीतिगत सुधार गर्न भरतराज चुनावी मैदानमा
-
एकाबिहानै फेवातालमा कार खस्यो,स्याङ्जाका २४ बर्षीय युवाको मृत्यु ।
चलचित्र ‘गुरु आमा’ आगामी वैशाखमा प्रदर्शनमा आउने
४ दिन अगाडि
काठमाडौं । प्रेम सोनी सुनारले निर्माण गरेको नेपाली कथानक चलचित्र ‘गुरुआमा’ को औपचारिक प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माण…


