भीरकोटको छैटौं नगर सभा : कृषी,पर्यटन र कोरोनाको रोकथामलाई प्रथामिकता,५८ करोडको बजेट सार्वजनिक

buget_virkot


चुत्र महत/भीरकोट:
स्याङ्जाको भीरकोट नगरपालिकाले छैटौं नगरसभा मार्फत आगामी आर्थिक वर्ष २०७७÷०७८ का लागी ५७ करोड ९७ लाख ९९ हजार वजेट सार्वजनिक गरेको छ ।
भीरकोट नगरपालिकाका उपप्रमुख सिमा केसी कर्माचार्यले छैटौं नगरसभामा वजेट तथा कार्यक्रम सार्वजनिक गर्दै कुल विनियोजित रकम मध्ये चालु तर्फ (सामाजिक सुरक्षा सहित) रु ४३ करोड ३४ लाख ९९ हजार र पूँजीगततर्फ रु १३ करोड ६३ लाख विनियोजन गरेको जानकारी गराउनु भएको हो ।
प्रस्तुत वजेटमा संघीय समानीकरण अनुदान १० करोड २२ लाख, संघीय राजश्व बाँडफाँडवाट ७ करोड ९ लाख ८१ हजार,सर्सत अनुदान २० करोड ७२ लाख,घट्ना दर्ता पन्जिकरणमा ३० लाख, संघिय सरकार समपूरक अनुदान ७९ लाख , संघीय सरकार विशेष अनुदान २ करोड ५० लाख, सामाजिक सुरक्षातर्फ ११ करोड सडक वोर्ड नेपाल तर्फवाट ५० लाख, र आन्तरीक आम्दानी २ करोड ३० लाख वाडफाँड गरिएको छ ।
त्यसैगरी प्रदेश सरकार राजस्व बाँडफाँडवाट ३४ लाख ६८ हजार ,प्रदेश सरकार समानीकरण अनूदानवाट १ करोड २० लाख ५० हजार, प्रदेश सरकार समपूरक अनुदानवाट १ करोड गरी कुल ५७ करोड ९७ लाख ९९ हजार अनुमानित वजेट उपप्रमुख सिमा केसी कर्माचार्यले छैटौं नगरसभामा प्रस्तुत गर्नु भएको हो ।
आ.व ०७७÷०७८ का लागी वजेटमा कोरोना भाइरसको संक्रमण लगायत सवै रोग र विप्दवाट नागरिकको जीवन रक्षा गर्दै जनजीवनलाई सहज र सुरक्षित वनाउने,उपलब्ध स्रोत, साधन तथा अवसर र क्षमताको उच्चतम परिचालन गरी नगरपालिकाको समग्र विकासको गतिलाई निरन्तरता दिने,आर्थिक,सामाजिक,भौतिक पूर्वाधार विकास गरी सम्वृद्ध भीरकोट सुखी भीरकोटवासी अभियानलाई अगाडी वढाउदै कृषी,पर्यटन,स्वच्छ पिउनेपानी,प्राविधिक एंव गुणस्तरीय शिक्षा , सुचना प्रविधिको विकास,सामाजिक,आर्थिक तथा भौतिक पूर्वाधार निर्माण आदी क्षेत्रमा जोड दिने नीति लिइएको छ ।
कोरोनाले अस्तव्यस्त वनाएको वेला अलि वढी वजेट तथा कार्यक्रमा प्राथामिकता दिईएको भन्दै उप प्रमुख केसीले महिलाहरुको शिप र क्षमता विकासको लागि उप मेयर संग महिला कार्यक्रम लिएर गाँऊ गाऊमा गाई महिलाहरु लाई तालिम र लगानीको वातावरण सिर्जना गरी व्यवसायीक वनाई आर्थिक उपार्जन तर्फ लगाउने वताउनु भयो ।
साथै उप प्रमुख केसीले धेरै थोरै सवै वर्गलाई वजेट तथा कार्यक्रमले सम्वोधन गरेकाले समृद्ध भीरकोट निर्माणको लागी सवैको साथ र सहयोग आवश्यक रहेको वताउनु भयो ।
नगर प्रमुख छायाराम खनालले कोरोना भाइरसको कारण गत चैत्र महिना भित्र भीरकोट नगरलाई वालमैत्री नगर घोषणा गर्ने भनीएतापनि हुन नसकेको भन्दै लकडाउन खुल्ने वित्तकै यस आ.व मा घोषणा गर्ने भन्दै नगरपालिका भित्र रहेका हरेक धार्मिक तथा पर्यटकिय क्षेत्रको विकासले निरन्तरता पाउने,कृषकलाई अनुदानमा आधुनिक कृषी औजार विउ वेर्ना प्रदान गर्ने,यस वर्ष नगरका वडा कार्यालय नभएका वडाको कार्यालय भवन निर्माण गर्ने,आधिँखोलाको तटबन्धन गर्ने र मेयर संग जेष्ठ नागरीक आदी जस्ता कार्यक्रमहरुलाई वजेटको व्यवस्था गरेकोे वताउनु भयो ।
नगर प्रवत्ता दिपेन्द्र केसी द्धारा प्रस्तुत आर्थिक ऐन २०७७ , विनियोजन ऐन २०७७ र भीरकोट नगरपालिकाको वालवालीका सम्वन्धी ऐन २०७७ ,वालवालीका सम्वन्धी कार्यविधि २०७७ र लेखा समितिको प्रतिवेदन समेत छैटौं नगर सभावाट सर्वसम्मत पारीत गरीएको थियो ।

Facebook Comments Box
TOP