सिन्दुर हालिसकेपछि मण्डपबाटै बेहुलासहित ५ पक्राउ
तनहुँ : विवाह मण्डपबाटै बेहुलासहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ। व्यास नगरपालिका–११ बाट उनीहरुलाई प्रहरीले समातेको हो। सो ठाउँकी १४ वर्षीया बालिकासँग विवाह गरेको भन्दै गोरखा सहिद लखन गाउँपालिका–२ का २३ वर्षीय सन्तोष अर्याललाई प्रहरीले मण्डपबाटै पक्राउ गरेको जिल्ला प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव परीक्षक युवराज तिमिल्सिनाका अनुसार उनीहरुको विधिवत रुपमा बालविवाह हुँदै गरेको थियो। ‘बालिका बेहुलीको पोसाकमा सजिएर घुम्टो ओढी, सिउँदोमा सिन्दुरसमेत हालिसकेको र विवाह सम्पन्न भई अन्माउने अवस्थामा पक्राउ गरिएको हो, बेहुला, बेहुलाको बाबु, बेहुलीको बाबु, आमा र विवाह गराउने पण्डितलाई समेत ५ जनालाई नियन्त्रणमा लिइएको छ,’ उहाँले भन्नुभयेा, उनीहरुलाई कानुनबमोजिम बिहीबार तनहुँ जिल्ला अदालतबाट म्याद थपी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। नयाँ मुलुक संहिता २०७४ अनुसार विवाह गर्नका लागि केटाकेटी दुवैले २० वर्ष पूरा गरेको हुनुपर्ने नियम रहेको छ। २० वर्ष मुनि भएमा विवाह बदर हुन्छ।
समाचार
थप सामाग्री
अपराध नियन्त्रण र अनुसन्धानमा सघाउन अर्जुनचौपारीमा १३ सीसीटीभी जडान
३ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ स्थित बजार क्षेत्रमा शान्ति–सुरक्षा सुदृढ बनाउने तथा अपराध नियन्त्रण र अनुसन्धानलाई प्रभावकारी बनाउने उद्देश्यले १३…


