भूपूको आग्रह सामाजिक भत्ता नकाट

 ६ श्रावण २०७७, मंगलवार २१:५५   | भवानी अधिकारी

भूपूको आग्रह सामाजिक भत्ता नकाट


भवानी अधिकारी/स्याङजा :
भूतपूर्व सैनिकका बिभिन्न संघ संस्थाहरुले सामाजिक सुरक्षा भत्ताको माग गर्दे प्रशासन कार्यालयमा ज्ञापन बुझाउने क्रम जारीे छ ।
भूतपूर्व सैनिक कल्याणकारी संघ नेपाल र स्याङजाले सामाजिक सुरक्षाभत्ता कटौती नगर्न सरकारलाई आग्रह गर्दे प्रेश बिज्ञप्ति मार्फत ध्यानाकर्षण गराएका छन् ।
संघका पदाधिकारी सहितको भारतीय पूर्वसैनिकहरुको समूहले सहायक प्रमुख जिल्ला अधिकारी धु्रव गिरी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएका हुन । बिदेशमा गएर आफनो जीविकोपार्जन मात्र नभई नेपालको अर्थतन्त्रमा समेत सहयोग गर्दे आएका पूर्वसैनिकका योगदानलाई मूल्याङकन नगरी सामाजिक सुरक्षा भत्ता कटौती गरेकोमा आत्मसम्मानमा चोट पुगेको उल्लेख छ ।
भूतपूर्व सैनिक संघका अध्यक्ष सुवेदार चन्द्रबहादुर रखालीद्धारा हस्ताक्षरित ज्ञापनमा विदेशवाट निवृत्तिभरण भरका नेपाली नागरिकलाई गरिने एकमात्र सम्मान स्वरुपको सामाजिक सुरक्षाभत्ता कटौती नगर्न आग्रह गरिएको छ ।
साथै, नेपाल सरकारका सामाजिक सरक्षा कार्यक्रम अन्र्तगतका जेष्ठ नागरिक, एकल महिला र बिधवा नारीहरुले खाइपाई आएको सामाजिक सुरक्षा भत्ता अविछिन्न रुपमा लागु गर्न अपिल गरिएको छ । अतः यसअघि सामाजिक सुरक्षाभत्ता पुन ः सुचारु नभएमा आन्दोलनमा उत्रने र यसको जिम्मेवार नेपाल सरकार हुनु पर्ने उल्लेख छ ।

.


यसैगरी, संयुक्त भूतपूर्व सैनिक एवं प्रहरी कल्याणकारी महासंघ नेपालले पनि सोही ब्यहोरा बमोजिमको ज्ञापनपत्र बुझाएको छ । यही असार १५ गतेको मन्त्री परिषद बैठकको निर्णयले भारत, बृटिस, शिंगापुर वाट निवृत्त पूर्व सैनिकलाई लक्षित गर्दे सामाजिक सुरक्षमबाट वंचित गराउन गरिएको सर्कुलरले बृद्धले पाउने सम्मानबाट अलग गराएको उल्लेख । अत ः पेन्सन र सामाजिक सुरक्षा भत्ता एउटै नभएको भन्दै निर्णय संशोधन गरी समान नागरिकको ब्यवहार गर्न अध्यक्ष कर्णल धनबहादुर थापाद्धारा हस्ताक्षरित ज्ञापनपत्रमा उल्लेख छ ।
यी दुबै बिज्ञप्ति बुझ्दै सहायक प्रजिअ गिरीले आफुलाई प्राप्त प्रेश बिज्ञप्ति तत्काल प्रधानमन्त्रीको कार्यालयमा प्रेषित गर्ने बताउनुभयो ।

Facebook Comments

अन्तिम अपडेट: ६ श्रावण २०७७, मंगलवार २१:५५





-->