स्याङ्जा : खेत जोत्‍न हिँडेका युवा सम्पर्क बिहीन

स्याङ्जा : खेत जोत्न भनि हिँडेका रामुप्रसाद पौडेल सम्पर्कबिहीन छन् । सोमबार बिहान खेत जोत्नका लागि एक हल गोरु लिएर हिँडेका उनी अहिलेसम्म बेखबर रहेको पारिवारिक स्रोतले जनाएको छ । 

चापाकोट नगरपालिका ३ का २५ वर्षीय पौडेल ४ कामतीस्थित आफ्नै खेतमा एक हल गोरु लिएर बिहान ११ बजे घरबाट निस्केका थिए । झण्डै २४ घण्टा पुग्नलाग्दा समेत उनको अवस्था अज्ञात छ । 

कामतीस्थित खेतमा जानका लागि ज्याग्दीखोला तरेर जानुपर्नेमा गोरु खोला तरेर खेतमा पुगे, तर पौडेल भने अझै सम्पर्कबिहीन रहेको प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।  साँझ अबेरसम्म छोराको खबर पाउन नसकेपछि परिवारले खोजतलासको लागि प्रहरीमा खबर गरेपछि खोजीकार्य तीव्र बनाइएको प्रहरीले जनाएको छ । 

Facebook Comments Box
लक्ष्मी माविमा शतप्रतिशत उत्तीर्ण गराउने शिक्षकहरू सम्मानित।
२ हप्ता अगाडि

वालिङ : स्याङ्जाको वालिङ नगरपालिका–१३, बोदीभञ्ज्याङस्थित लक्ष्मी माध्यमिक विद्यालयले सतप्रतिशत उत्र्तिण गराउने शिक्षकहरुलाई सम्मानित गरेको छ । ६२ औं वार्षिकोत्सव,…

TOP