स्याङजा पहिरो : कुशको शव बनाएर बेपत्ता पाण्डेको अन्त्येष्टि
स्याङजा : बिर्घाको पहिरो परी वेपत्ता भएका प्रेमचन्द्र पाण्डेको कुशको शव बनाएर अन्त्येष्टि गरिएको छ। यतिका दिनसम्म उनको शव भेटाउन नसकेपछि पाण्डेको शरिरलाई कुशको प्रतिकात्मक शरिर बनाएर हिन्दु परम्परा अनुरुप अन्तिम संस्कार गरिएको हो।
गत मंगलबारदेखि बेपत्ता रहेका ६५ वर्षीय पाण्डेको कालीगण्डकी नदी किनारस्थित गौरीघाटमै अन्तिम संस्कार गरिएको हो।‘सनातन हिन्दु बिधि अनुसार मृत्युका ७ दिनमा किरिया बस्नु पर्ने प्रचलन रही आएको र उनी अव जिवित छन् भने आशा मेटिएकाले पारिवारिक सहमतिमै कुशको शव बनाएर अन्तिम संस्कार गरिएको पूर्व सांसद एवं वडावासी शंकरप्रसाद पाण्डेले बताए।
उनको पार्थिव शरिरमा उनका छोराहरु भोजराज पाण्डे र कमल पाण्डेले दागबत्ती दिएका थिए। मृतक पाण्डेका पत्नी, एक छोरी र २ छोरा छन्। कालीगण्डकी गाउँपालिका-४ स्थित बिर्घाको पहिरो अनुगमन सहित पानी मर्मतका लागि गएका बेला झरेको पहिराले उनी लगायत ६ जनालाई पुरेको थियो।
पहिरोमा पुरिएकामध्य साविक बिर्घा गाविसका पूर्व अध्यक्ष ७० बर्षिय इमानसिंह रानाको घटनास्थलमै मृत्यु भयो। समाजसेवीद्धय ६० वर्षीय जिमानसिंह राना र ५० का टिकाबहादुर थापा सोही दिन मृत भेटिए। तर, ६५ वर्षीय प्रेमचन्द्र पाण्डे भने अझै बेपत्ता थिए। पहिरोमा परी घाइते भएका ६८ वर्षीय होमनाथ पाण्डे (किसान) र ५५ वर्षीय वीरबहादुर राना पाल्पा अस्पतालमा ५ दिनको उपचारपछि घर फर्केका ४ का वडाअध्यक्ष चक्रपाणी पाण्डेले बताए। मृतक ३ जनाको भने चार दिनअघि सामुहिक अन्त्येष्टि भैसकेको छ।
समाचार
थप सामाग्री
अपराध नियन्त्रण र अनुसन्धानमा सघाउन अर्जुनचौपारीमा १३ सीसीटीभी जडान
३ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ स्थित बजार क्षेत्रमा शान्ति–सुरक्षा सुदृढ बनाउने तथा अपराध नियन्त्रण र अनुसन्धानलाई प्रभावकारी बनाउने उद्देश्यले १३…


