मुक्तिनाथ विकास बैकद्वारा मृतकको कर्जा मिनाहा, तिरेको साँवाव्याज फिर्ता ।

help_muktinath_waling 7


छबिलाल गैह्रे(रमणी) :
मुक्तिनाथ विकास बैक लिमिटेड शाखा कार्यालय वालिङले आफ्नो साना तथा लघु बैकिङ्ग कार्यक्रममा आवद्ध रहेकी स्वर्गीय सुवी दमैको परिवारलाई रकम हस्तान्तरण गरेको छ ।
वालिङ नगरपालिका वडा नम्वर ७ कि सवि दमैलेले साना तथा लघु बैकिङ्ग कार्यक्रम अन्तरगत आयआर्जन गर्ने उद्येश्यले रु १ लाख ऋण लिएकी थिईन तर उनको निधन भए पछि बैंकले कर्जा मिनाहासँगै तिरेको साँवाव्याज समेत फिर्ता गरेको हो ।

.


रु १ लाख कर्जा मध्ये तिर्न बाँकी साँवा र व्याज रु ३६ हजार ३ सय ५२ रुपैयाका साथै तिरिसकेको व्याज रु ७६ हजार ८९ रुपैया र किरिया खर्च बापत रु ५ हजार गरी एक मुष्ट रु १ लाख १७ हजार ४ सय ४१ रुपैयाको चेक स्वर्गीय दमैको परिवारलाई हस्तान्तरण गरिएको हो ।
वालिङ नगरपालिका वडा नम्वर ७ का अध्यक्ष पाण्डु कुमार थापा,बैंकका शाखा प्रमुख सुन्दर श्रेष्ठ,साना तथा लघु बैकिङ्ग डेस्क प्रमुख सुन्दर पौडेलले मृतक सुवि दमैका छोरा राम बहादुर दमैलाई चेक हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा वडा अध्यक्ष थापाले मुक्तिनाथ विकास बैकले जनता बैकमा होइन बैक जनतामा जानुपदर्छ भन्ने बैंकको नारालाई सर्थकता दिने काम गरेको बताउनु भयो ।
उहाँले योजानवद्ध तरिकाले व्यावसाय सञ्चालन गरि आर्यआर्जन गर्न लगानी को आवश्यकता परेमा एकै सस्थावाट कर्जा कारोवार गर्न सुझाव दिदै बहुसंस्थावाट कर्जा करोवार गर्दा समस्या पर्न सक्ने धारणा राख्नु भयो ।

Facebook Comments Box
TOP